
दुवै खुट्टा गुमाएका रसियाका नागरिक रुस्तम नाबिव आत्मविश्वास र दृढ इच्छा शक्ति भए जुन सुकै काममा पनि सफलता मिल्छ भन्ने विश्वकालागि उदाहरण बनेका छन् ।
दुवै खुट्टा गुमाएका रसियाका नागरिक रुस्तमले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको गत शनिबार सफल आरोहण गरेर विश्वलाई नै यो सन्देश दिएका हुन् । सन् २०१५ मा रुसको एक सैन्य भवन भत्किँदा रुस्तम नाबिवले दुवै खुट्टा गुमाएका थिए ।
मनास्लु हिमालको सफल आरोहण गरेर फर्केपछि उनले आफूले जुनसुकै काम पनि गर्नसक्छु भनेर मनै देखि काममा होमीए सफलता मिल्ने बताएका छन् । यसकाे उदाहरण आफूलाई दिदै उनले यसाे भनेका हुन् । आफ्नो सफलताको सन्देश यही रहेको र यही सन्देश दिन चाहेको उनले बताएका छन् । गत वर्ष उनले युरोपको उच्च शिखर एल्ब्रसुको सफल आरोहण गरेका थिए । त्याे सफलता पछि उनि हिमाल चढ्न नेपाल राेजेका हुन् । दुवै खुट्टा गुमाएपछि आफूलाई कमजोर होइन झन ठूलो आत्माविश्वासका साथ जीवनलाई अगाडि बढाउँदै गएका उनलाई यो सफलता मिलेको हो । यही आत्माविश्वासले सफलता मिलेको उनले बताउँदै आएकाछन् ।
शनिबार बिहान साढे दश बजे रुस्तामले मनास्लुको शिखर चुमेका थिए । याे सफलता सँगै उनले पहिलोपटक दुबै खुट्टा गुमाएकाले मनास्लु हिमाल सफल अरोहण गरेको कृतिमान कायम गरेका छन् । दुबै खुट्टा गुमाए पनि धैर्यता, शिखर चुमी छाड्ने आत्माविश्वासले सफलता मिलेको उनले बताएका छन् । यो सफलता पछि उनमा विश्वकै छानो सगरमाथा हिमालको आरोहण गर्ने इच्छा जागेर आएकाे सञ्चार माध्यम संग बताएका छन् ।
आरोहण कहिले गर्ने निश्चित नभए पनि सगरमाथा हिमाल आरोहण गर्ने इच्छा जागेर आएको उनले बताए । यो सफलता आप्नी श्रीमती इन्जिराको साथ र हौसलाबाट मिलेको उनले बताएका छन् । उनलेआरोहण गर्न जान थप उर्जा भरेकाे र यसैबाट सफलता पनि मिलेकाे उनले बताएका छन् । आरोहणकालागि निस्कदा उनले इन्जिरासँग आफू ज्युँदो र सुरक्षित फर्केर आउने बाचा गरेको पनि बताएका छन् । त्या बाचा पुरा भएकाे बताउँदे उनले सफलताकाे खुसी घर पुगेपछि उर्जा भर्ने उनै इन्जिरा संग मनाउने बताएका छन् ।
तस्बिर : रुस्तम नाबिवकाे इन्स्टाग्राम ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…