
बेमौसमी वर्षापछिको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार बिहान सम्म ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । बेमौसमी वर्षाले देशका विभिन्न स्थानका नागरिक बाढी पहिरोबाट विस्थापित भएका छन् ।
लगातारको वर्षासँगै आएको बाढी पहिरोको कारण प्रदेश १ मा २२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मनसुन बाहिरिनु अगाडी यस वर्ष मनसुन्जन्य घटनाबाट मुलुकभर १३६ जनाको मृत्यु भएको छ । ४५ जना बेपत्ता छन भने १४४ जना भाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूत नापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव हाल नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसै गरि देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपानको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …