
बेमौसमी वर्षापछिको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार बिहान सम्म ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । बेमौसमी वर्षाले देशका विभिन्न स्थानका नागरिक बाढी पहिरोबाट विस्थापित भएका छन् ।
लगातारको वर्षासँगै आएको बाढी पहिरोको कारण प्रदेश १ मा २२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मनसुन बाहिरिनु अगाडी यस वर्ष मनसुन्जन्य घटनाबाट मुलुकभर १३६ जनाको मृत्यु भएको छ । ४५ जना बेपत्ता छन भने १४४ जना भाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूत नापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव हाल नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसै गरि देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपानको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…