
नेपाली सेनाकाे अगुवाइमा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम सहित ६ हिमालको सफा गरिएकाे छ । सफा हिमाल अभियान-२०२१ मा २७ हजार ६७१ केजी फोहोर संकलन भएको छ । संकलन भएको फाेहाेर मध्ये २५ सय ५ केजी फोहोर कुहिने र २५ हजार १६६ केजी फोहोर संकलन भएको नेपाली सेनाले बताएकाे छ ।
नेपाली सेनाले जंगी अड्डामा भर्चुल कार्यक्रम गर्दै यस वर्षकाे सफा हिमाल अभियान सम्पन्न भएको जानकारी गराएको हो। सफाइ अभियान २०७७ चैत ३१ गतेबाट सुरु भएर जेठ १५ गतेसम्म सञ्चालन भएको थियो। अभियानमा संकलन भएको कुहिने फोहोर स्थानीय निकायलाई हस्तान्तरण गरिएको र नकुहिने फोहोर रिसाइक्लिङ एजेन्सीलाई दिएको सेनाले जनाएको छ।
फोहोर सफाई अभियानको क्रममा सेनाले धवलागिरीको आधार शिविरमा दुई, सगरमाथाको क्याम्प ४ मा दुई गरेर चारवटा शव भेटिएको थियो। कार्यक्रममा हिमाल सफाई अभियानका निर्देशक तथा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु थापाले फोहोर सफाइ अभियानकाे अनुभव सुनाएका थिए।
हिमाल सफाइ अभियानमा नेपाली सेना र शेर्पा सहित ११२ जना सक्रिय रहेका थिए। झन्डै ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि चक्रवातको प्रभाव र कोरोनाभाइरस महामारीका कारण अभियानमा चुनौती थपिएको नेपाली सेनाका सहायक रथी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले बताए। सङ्कलित प्लास्टिकजन्य फोहरलाई पुनः प्रयोग गरिने र धातुजन्य फोहोरबाट उपहारका सामग्री बनाउने योजना रहेको बताइएको छ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …