
बेमौसमी वर्षापछिको बाढी, पहिरोबाट ५८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार साझसम्म ५८ जनाको मृत्यु भएको हो । बेमौसमी वर्षाले देशका विभिन्न स्थानका नागरिक बाढी पहिरोबाट विस्थापित भएका छन् ।
देशका विभिन्न स्थानमा सोमबारदेखि आएको बाढी पहिरो र डुबानका कारण प्रदेश १ मा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जनाको ज्यान गएको हो । बाढी, पहिरोबाट प्रदेश १ मा १४ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा १ जना भाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
घाइतेहरुलाई उपचारकालागि स्थानीय अस्पताल लगिएको छ । बाढी, पहिरोको कारण सुदूरपश्चिम प्रदेशमा २३ जना र प्रदेश १ मा ३ जना गरी २६ जना बेपत्ता भएका छन् । बेपत्ताहको सुरक्षाकर्मी, स्थानीयले खोजी गरिरहेका छन् । बाढी, पहिरोबाट ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले बताएको छ ।
यसै गरि बाढी, पहिरो र डुबानमा परी १ सय १ वटा पशु चौपायाको मृत्यु भएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …