
दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ । वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ ।
वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ ।
हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन तथा भारत रक्सौलसम्मका सर्वसाधारणहरू विभिन्न सामान खरीदारी गर्न आउने गर्छन् । जसले गर्दा वीरगञ्ज बजारमा लत्ताकपडा, मसला, ड्राइफूट, कस्मेटिकका सामान, खाद्यान्न जस्ता सामानको बिक्री दोब्बरले बटेको व्यवसायीहरूको भनाइ छ ।
वीरगञ्जमा बढेको भीडभाडले घण्टाघरदेखि मकालु चोकसम्मको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ भने सडकमै मेलाका सामग्री फूलपात, प्रसाद, शृङ्गारका सामान, खिलौना तथा जिलेबीका पसल लगाइएको छ ।यसपालिको मेलामा राम्रोसँग व्यवसाय हुनेमा व्यवसायीहरू उत्साहित छन् भने मिठाइ कारोबारमा पनि वृद्धि भएको पसलेहरूले बताएका छन् । मेलामा पाकेटमारहरूको बिगबिगी, गहना लुटपाटका घटना हुने भएकाले पर्सा प्रहरीले बजारमा सुरक्षा व्यवस्था कडा बनाएको पर्साका प्रहरी प्रमुख बेलबहादुर पाण्ले बताए ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…