
गण्डकी प्रदेश साक्षर प्रदेश घोषण भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा बिच गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषण गरेका हुन् । गण्डकी प्रदेशका ११ जिल्लामा नवलपुरर जिल्ला सबैभन्दा धेरै साक्षरता प्रतिशत ९८।०० प्रतिशत रहेको छ । नवलपुरमा २०७२ असार ३१ गते साक्षर जिल्ला घोषण गरिएको थियो ।
त्यसपछि गोर्खा जिल्ला ९७।२० साक्षरता प्रतिशत रहेको छ । यस जिल्लालाई २०७४ भदौं ९ गते साक्षर जिल्ला घोषण गरिएको थियो । यसै गरि मुस्ताङमा ९६।३५ प्रतिशत, स्याङ्जा ९६।१६ प्रतिशत, तनहुँ ९६।४० प्रतिशत, कास्की ९६।०० प्रतिशत, लम्जुङ ९५।५ प्रतिशत, बाग्लुङ ९६।५७ प्रतिशत, मनाङ जिल्ला ९६।९० प्रतिशत, म्याग्दी ९६।२७ प्रतिशत र पर्वत जिल्लामा साक्षरता प्रतिशत ९६।९३ रहेको घोषणा कार्यक्रममा बताइएको छ ।
शिक्षा मान्त्रालयले राष्ट्रिय साक्षरता अभियानका क्रममा राष्ट्र संघको विश्वव्यापी अभ्यासलाई समेत अनुशरण गर्दै १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चितता भएका सम्बन्धित क्षेत्र एवम् जिल्ला वा राष्ट्रलाई साक्षर घोषण गर्ने नीति पारित गरेको थियाे । गण्डकी प्रदेशमा औषत साक्षरता प्रतिशत ९६।५७ प्रतिशत रहेको छ । साक्षर गण्डकी प्रदेश घोषण कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व गर्ने गरि सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

साक्षर प्रदेश घोषण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारी लगायतले सम्बोधन गरेका थिए ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…