
राष्ट्रसंघको महासभा बैठकमा डायनासोर सरासर भित्र पस्छ । जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा मान्छेले आप्नो प्रस्तुति दिँदै गरेको सभामा डायनासोर माइकसामु उभिन पुग्छ र पृथ्वीबाट कोही पनि लोप हुनु राम्रो नभएको डायनासोर बताउँछ ।
‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने ?’ मानिस अप्नै व्यवहारको कारण लोप हुन सक्ने प्रति चिन्ता व्यक्त गर्छ । डायननासोर भन्छ, हाम्रो विनासको कारण उल्कापिण्ड थियो तर तपाईहरुको बहाना चाहि के ? लोपहुनेबाटाे कदापी नरोज्नुहोस, आप्नो जातीलाई लोपहुनबाट बचाउँनुहोस ।
तपाइँहरु विनाशकारी जलवायु विपत्तितिर जाँदै हुनुहुन्छ । आप्नो विनाशका लागि जीवाष्मा इन्धनमाथि अनुदान दिन खर्च गरिरहेको बताउँदै आप्नो विनाशकालागि खर्च गर्नु भन्दा त्यो पैसा गरिबकालागि सहयोग गर्नु ठूलो पुण्य कर्मजस्तो लाग्दैन भन्ने अर्को पश्न महासभामा सहभागीलाई डायनासोर राख्छ ।
राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी ले संयुक्त अधिराज्यको ग्लास्गोमा बिहीबार सुरु हुने विश्व जलवायु सम्मेलन कोपा २६ को सन्दर्भमा जारी गरेको भिडियो हो यो । जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरु लोप हुने खतरा बढ्दै छ भन्ने सन्देश प्रवाह गर्न युएनडिपीले तयार पारेको चेतनामूलक यो भिडियो निकै भावुक बनाउने खालको छ ।
सार्वजनिक यो भिडियाले विश्वभर चर्चामा छ । युएनडिपी नेपाल नियोगले पनि उक्त भिडियो नेपाली संस्करण सार्वनिक गरेको छ । नेपाली संस्करणको भिडियोमा डायनासोरको आवाज वरिष्ठ अभिनेता नीर शाहले दिएका छन् । थप भिडियोमा ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…