गाडीको ठक्करबाट निलगाईको मृत्यु


     नेचर न्युज    
     कार्तिक १० गते २०७८ मा प्रकाशित


सप्तरीको शम्भुनाथ नगरपालिका कठौनामा गाडीको ठक्करबाट निलगाईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौनामा एउटा निलगाई बुधबार बिहान मृत अवस्थामा फेला परेको हो ।

निलगाई सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।

घटना घटाउने गाडीका चालक गाडीसहित फरार रहेको बताइएको छ । चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । मृत निलगाईलाई आवश्यक प्रक्रिया पुरा गेरेर व्यवस्थापन गरिने डिभिजन वन कार्यालयले बताएको छ । तस्बिर : निलगाईकाे फाइल तस्बिर हाे ।