
कोरोना संक्रमण नियन्त्रण गर्न लगाईएको लकडाउन हटेपछि यति बेला कोरोना अघिको जस्तै जीवन शैली देखिन थालेको छ । भिडभाडमा पनि मास्क नलगाई हिड्नेको संख्या बढ्दो क्रममा छ ।
यति नै बेला पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै गरी १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालकयका अनुसार पछिल्लो २४ घण्टामा ८१७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर कोरोना संक्रमाणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाण्डौंमा १५०, ललतिपुर र मोरङमा ३९÷३९, रुपन्देहीमा ३२, भक्तपुर र सुनसरीमा २४÷२४, कास्कीमा १६, मकवानपुरमा १५ र चितवनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…