
वालकहरूमाथि यौन दुराचार गरेकाे आरोपमा एक विदेशी नागरिक पक्राउ परेकाे छ । पोखरा महानगरपालिका ६ लेकसाइडमा कोठा लिएर बसेका ४४ वर्षीय क्यानडेलि नागरिक रोबर्ट किङक्ले कोठामै वालकहरूमाथि यौन दुराचार गर्ने गरेको खुलेपछि कास्की प्रहरीले पक्राउ गरेको बताएको छ ।
रोबर्ट कोठामा आपत्तिजनक अवस्थामा १३ /१४ वर्ष उमेरका तीन जना बालकहरूसँग भेटिएपछि पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ। बालकहरूसँगको सोधपुछका क्रममा रोबर्टले वालकहरूमाथि अप्राकृतिक मैथुन गर्दै आएको पाइएको प्रहरीले जानकारी दिएको छ । बालकहरूसँग नग्न अवस्था मै पक्राउ परेका उनलाई अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।