
नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।
यस्तै ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेको छ । विभिन्न चरणमा कोभिड विरुद्धको खोप लगाउने क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बृद्धबृद्धालाई खोप लगाइएको थियो । पछिल्लो पटक खोप लगाएका उमेर समूहमा १८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ३२.६ प्रतिशतले पूर्ण मात्रा खाप लिइसकेका छन् ।
१५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्याङ्क छ । नेपालमा १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ । सरकारले खोप लगाउने काम निरन्तरता दिने क्रममा भेरोसेल खोपको पहिलो मात्रा लिएका नागरिकलाई कात्तिक ४ गते बिहीबारदेखि देशभरि दोस्रो मात्रा दिने व्यवस्था मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…