
कोभिड—१९ पछि थला परेको पर्यटन उद्योगमा पछिल्लो समयमा पर्यटक आगमनमा केही सुधार देखिएको छ । दोस्रो लकडाउ हटे संगै पर्यटक आगमनमा पछिल्लो समयमा सुधार देखिएको हो । कोरोना विरुद्धको खोप लगाउने क्रम तिब्र हुनु, कोरोना संक्रमण दर पनि कम हुनु र पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था मिलाउनुले विदेशी पर्यटकको आगमनका सुधार देखिएको छ ।
यो संगै एक महिनाको अवधिमा नेपालमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ म ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस अघि सन् २०१९ का सेप्टेम्बरमा ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएकोमा सन् २०२० मा सोही महिनामा जम्मा ५ सय ८४ जना पर्यटक मात्र नेपाल आएका थिए । सामान्य अवस्थामा भने सेप्टेमबर महिनाकाे दोस्रो साता देखि नेपालमा पर्यटकको आमगन बढ्थ्यो । सेप्टेम्बर महिनाको अन्तिम साता देखि पर्यटक आउने मुख्य सिजन मानिन्थ्याे । यती बेला अन्नपूर्ण पदयात्रा क्षेत्रमा पदयात्रामा जाने पर्यटकको घुइचो नै लाग्थ्यो । कोरोनाले उठ्दै गरेको यो अवस्थामा यति पर्यटक आउनु पनि सुधारको रुपमा लिनु पर्ने अवस्था आएको हो ।
अगस्ट महिनामा ५ हजार ९ सय १७ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोड्ले जनाएको छ । पछिल्लो समयमा नेपाल आएका विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय रहेका छन् । सामान्य अवस्थामा पनि भारतीय पर्यटक नै बढी आउने गर्दथे । भारतबाट एक महिनामा ३ हजार ५ सय २३ जना पर्यटक नेपाल आएका छन् । यसै गरी अमेरिकाबाट १ हजार ८ सय ६४ आएका छन् । बेलायतबाट ४ सय ३८ र चीनबाट २ सय ३३ जना पर्यटक नेपाल आएका छन् ।
एक महिनाको अवधिमा सार्क मुलुकबाट ३ हजार ७ सय ३४ पर्यटक नेपाल आएका छन् । सार्कबाहेक एसियाली मुलुकबाट ५ सय ८५ पर्यटक नेपाल आएका छन् । यसै गरी यूरोपबाट १ हजार ७ सय ३३, अष्टे«लियाबाट ८१ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क रहेको छ ।
कोभिड अघि पछिल्लो समयमा चिनियाँ पर्यटकको आगमन बढेको थियो । चिनियाहरु चराको तस्बिर खिच्ने, प्रि म्यारिज र म्यारिज पछि नेपाल घुम्न आउने । यही व्यवसायिक फोटो ग्राफरलाई बिवाह अघी र बिवाह पछि घुम्न आएका चिनियाले फोटो खिचाउन लगाउने समेत गर्दा नेपाली फोटो ग्राफरले समते रोजगारी पाएका थिए । काेराेनाले थला परेकाे पर्यटन पुन उठ्ने गरि पछिल्लाे समयमा सकरात्मक सुधार देखिन थालेकाे छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…