
व्यस्त जीवनलाई स्वस्थे राख्ने उद्देश्यका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरु गरेको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा आयोजना भएको छ ।
डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटपाथमा हिँडेर सो कार्यक्रम सम्पन्न गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा.राजेश एस.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।
विश्वभरीनै कोभिड १९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेको उनले सुनाए । यसैले स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण हुने उनले बताए । कार्यक्रममा डा. पाण्डवले पोखरामा पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए । पोखराबाट देखिने हिमशृङ्खला र तालतलैया निकै लोभलाग्दो रहेको उनले सुनाए । पोखरामा पहिलोपल्ट ‘वाक द टक’ कार्यक्रम भएको हो ।
यस्ता कार्यक्रमले एकअर्का बिच आत्मीयता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने उनले बताए । डा. पाण्डवले महामारी अझै पनि निर्मुल भइनसकेकाेले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दै स्वस्थ जीवनयापनमा ध्यान दिन आग्रह गरे । डब्लुएचओको ७० औँ वार्षिकोत्सवको अवसरमा सन् २०१८ देखि वाक द टक अभियान सुरु भएको हो । यस अभियान नेपालको लुम्बिनी, काठमाडौ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओ नेपालका सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । पदयात्रा अघि कार्यक्रममा सहभागीहरूले फेवा किनारमा योगध्यान समेत गरेका थिए । डब्लुएचओ प्रतिनिधि सहित पोखराका विभिन्न क्षेत्र र संघ संस्था र प्रतिनिधि सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…