
पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो ।
संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । पुरस्कारमा नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला रहेको छ । शर्मा कान्तिपुुर राष्ट्रिय दैनिकका गण्डकी ब्यूरो प्रमुख हुन् ।
पोखरा उद्योग वाणिज्य संघले पत्रकारिताका माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धिमा सघाउने पत्रकारलाई हरेक २ वर्षमा सो पुरस्कारबाट सम्मानित गर्दै आएको छ । संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित योग्य पत्रकार छनौट समितिको सिफारिसको आधारमा शर्मा पुरस्कृत भएका हुन् । सो समितिमा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी तथा निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ सदस्य रहेका थिए ।यसअघि यो पुरस्कारबाट पत्रकारहरु सन्तोष न्यौपाने, रुपनारायण ढकाल र भरत कोइराला सम्मानित भइसकेका छन् ।
लक्ष्मी विद्यापदकबाट विद्यार्थी सम्मानित
नेपालको औद्योगिक घरान लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित लक्ष्मी विद्यापदक २०७८ बाट विद्यार्थीहरु सम्मानित भएका छन् ।
पोउवा संघको ६७ औं साधारण सभाको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातकोत्तर९ एमबिएस० मा उत्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका अनिल पौडेल, स्नातक – बिबिएस०तर्फ उत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस पोखराकी ममता शाह तथा स्नातक ९बिबिए ० तर्फ उत्कृष्ट अंक ल्याउने पोखरा विश्वविद्यालयअन्तर्गतको पोखरा कलेज अफ म्यानेजमेण्टकी विनु श्रेष्ठलाई नगद र पदकबाट सम्मानित गरिएको हो ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनीहरुलाई सम्मानित गरे । अनिलले ५९।५० प्रतिशत,ममताले ७१।८० प्रतिशत र विनुले ३।९९ सिजिपिए ल्याउँदै पदक प्राप्त गरेका हुन् । अनिलले नगद २५ हजार तथा ममता र विनुले नगद १५÷१५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । लक्ष्मी हाउसका निर्देशक सुनिल श्रेष्ठका अनुसार २०५६ सालबाट हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिँदै आइएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …