
पोखराको फेवाताल ।
कुकुर व्यवस्थापनमा समस्या देखिएपछि पोखरामा अव कुकुर पाल्न दर्ता गर्नु पर्ने भएको छ । कुकुर पाल्ने तर कुकुरका स्याहारसुसार नगर्ने अवस्थाका कारण पोखरा लगायत देशभर सडक कुकुरको सङ्ख्या बढ्दो क्रममा छ ।
यसैलाई ध्यानमा राखेर पोखरा महानगरपालिकामा बिहीबार देखि वडा कार्यालयबाट अनुमति पत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ बाट महानगरपालिकाले यो अभियान सुरु गरेको हो । दर्ता गर्दा प्रति कुकुर सय रुपैयाँ तिर्नु पर्ने छ । कुकुर पाल्ने तर स्याहार सुसार नगर्ने, सडक, पार्कमा दिसा पिसाब गराउँदै हिँड्दा वातावरण प्रदूर्षण भएको छ ।
पोखरामा कुकुरको सङ्ख्या कति छन् भन्ने एकिन हुने र व्यक्तिले पालेका र सडकमै रहेका कुकुरको तथ्याङ्क एकिन गरेर व्यवस्थापन गर्न यो अभियान सुरु गरिएको पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बताइन् । दर्ता प्रक्रियाबाट कुकुरलाई नियमीत आवश्यक रेबिजविरुद्धको खोप लगायत खोप र औषधी नियमीत लगाए नलगाएको रेकर्ड समेत रहने उनले बताइन् ।
यस अघि धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिकामा याे नियम लागु भइसकेकाे छ । २०७७ मै धरान उपमहानगरपालिका कुकुर पाल्न अनिवार्य उपमहानरपालिकामा दर्ता गर्नु पर्ने गरी घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि २०७७ पारित गरेर अघि बढेकाे थियाे । यसै गरी काठमाडौं महानगरपालिकाले पनि आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति अनिवार्य गर्ने गरी अघि बढेकाे थियाे ।
तीन तहकै सरकारहरुले समस्या समाधान, विकास समृद्धिकालागी ल्याइने नीति तथा कार्यक्रम, कार्यविधि र बनाइएका कानुन व्यवहारमा लागु भने हुन सकेकाे पाइदैन । पाेखरामा यसअघि छाडा चाैपाया व्यवस्थापकालागि ल्याइएकाे यस्तै कार्यक्रम अलपत्र परेकाे छ । पाेखराकाे फिर्के खाेला, फेवाताल, सेती नदिमा भएकाे अतिक्रमण हटाउनुकाे साटाे थप अतिक्रमण राेक्न पनि नसक्दा समस्या बढ्दाे छ । सफा सुन्दर पाेखरा महानगर जस्ताे सुन्दर नारा महानगरपालिकाले लगाए पनि फेवाताल र सेतीमा प्रदूषण बढ्दाे छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…