समाचार

निजगढ विमानस्थल नबनाउन सर्वोच्चको आदेश

वातावरण, वन्यजन्तु संरक्षण काम गरिरहेका विज्ञ विच निकै बहसको विषय बनेको र सरोकारवालाले विरोध जनाउँदै आएका थिए । निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । बिहीबार न्यायधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय परमादेशमार्फत बदर गरेको हो । परमादेशमा आवश्यकता अनुसार निजगढको विकल्प खोज्न भनिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख कटान नहुने जंगल विनाश तथा कंक्रिट बनाउनेगरी… पुरा पढौ

फैलदै मङ्कीपक्स : के हो मङ्कीपक्स ?

कोरोना भइरसबाट विश्व अझै मुक्त भइसकेको छैन् । विश्वको अर्थव्यवस्था कम्जोर बनाउनुको साथै जनजीवन नै कष्टकर बनाएको कोभिड १९ बाट मुक्त पुर्ण रुपमा मुक्त नहुँदै अर्को नयाँ भाइरस विभिन्न देशमा फैलिएको छ । यो भाइरस भने पङ्कीपक्स हो र १४ देशमा यसका ८० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । यो भाइरस यसअघि अफ्रिकाबाहिर बिरलै देखिएको थियो । अरु देशमा पनि देखिन थालेपछि डर बढेको हो । मङ्कीपक्स अर्को कोभिड होइन र यसलाई रोक्न लकडाउन जस्तो प्रतिबन्धात्मक व्यवस्था पनि गर्नु… पुरा पढौ

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए । मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् । उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा… पुरा पढौ

कुकुरलाई डोरीले घाँटीमा पासो लगाई मार्ने एक जना प्रहरी नियन्त्रणमा

पोखरामा कुकुरलाई झुण्डाएर मार्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कुकुरलाई प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई यातना दिएर मारेको आरोपमा पोखरा महानगरपालिका १९ का २३ वर्षीय सुदिप परियार कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । परियारले पोखरा १६ जोगीमणिमा कुकुरलाई पासो लगाएर मारेपछि सेती नदीको खोँचमा फालेको दृश्य भिडियोमा उतारेर सामाजिक सञ्जालमा राखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले कुकुरलाई घाँटीमा पासो लगाई रुखमा झुण्ड्याएर मारेर सेती नदीमा फालेका पाइएको हो । कुकुरको ज्यान लिँदा गरेका सबै… पुरा पढौ

सुधारोन्मुख पर्यटन उद्योग : अन्नपूर्ण संरक्षण क्षेत्रमा मार्च महिनामा १२ हजार पर्यटक पुगे

२०७६ को चैत ११ देखि कोरोना सङ्क्रमण नियन्त्रण गर्न सुरु भएको लकडाउन र कडाइका कारण शून्यको अवस्था सम्म पुगेको पर्यटन उद्योग तेस्रो लहरको कोरोनापछि पर्यटक आगमन बिस्तारै बढ्दो क्रममा रहेको तथ्याङ्क छ ।  पुन नयाँ भेरियन्टको सङ्क्रमण नदेखिए पर्यटन उद्योगले लय समाउने गरी पर्यटकको आगमनमा बढोत्तरी हुँदै गएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पोखरामा नयाँ वर्ष २०७९ मनाउने आउने आन्तरिक पर्यटक र विदेशी पर्यटक समेतको आगमनले नयाँ वर्षको दुई दिन ८० प्रतिशत भन्दा बढी अकुपेन्सी रहेको थियो… पुरा पढौ

राष्ट्रिय कृषि गणना सुरु

कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार नाराका साथ कृषिप्रधान मुलुक नेपालमा कृषि गणना सुरु भएको छ । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणना सुरु भएको हो । कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिने छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको हो । मंगलबार देखि ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने छन् ।कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४ सय… पुरा पढौ

पृथ्वी राजमार्ग स्तरोन्नति हुँदै : ८ हजार बढी रुख काटीदै

पाँच दर्शक पछि पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिङ सडक खण्ड स्तरोन्नति हुँदै छ । सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको दुई लेनको सडक सामान्य मर्मत मात्र हुँदै आएको थियो । पहिलो पटक पूर्णरुपमा स्तरोन्नति हुन लगेको हो ।  सडक स्तरोन्नति भएर ४ देखि ६ लेनका बन्ने क्रममा सडक दायाँबायाँका रुख कटान हुने भएका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा –मुग्लिङ (९२ किलोमिटर) सडक खण्ड अन्तर्गत आँबुखैरेनी देखि जामुने सडक खण्डका रुख कटान भएर काम सुरु भएको छ । पहिलो फेजमा… पुरा पढौ

डढेलोका कारण देशभर वायु प्रदूषण बढ्यो

देशका विभिन्न भागमा लागेको डढेलोका काण देशभर वायु प्रदूषण बढेको छ । जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको अवस्था छ । यस्तो अवस्थामा बेस्सरी आवा नचल्दा र पानी पनि नपरेको कारण प्रदूषण बढेको हो । वातावरण विभागका अनुसार मंगलबार दिउँसो सबैभन्दा धेरै वायु प्रदूषण पोखरामा छ । विभागका अनुसार मंगलबार पोखराको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१७ रहेको छ । यस्तै सिमरामा र भरतपुरमा १६३ रहेको छ । कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको एक्युआई १५२ रहेको छ । हावामा प्रदूषणको मात्रा बढेसँगै काठमाण्डौं… पुरा पढौ

प्रकृति बिगारेर होइन सिँगारेर विकास गरौं –राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति बिगारेर होइन सिँगारेर विकास गर्नु पर्नेमा जोड दिएकी छन् । पोखरा महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हामीले गर्ने विकासका कामहरूसँग प्रकृतिको सन्तुलन र संरक्षण प्रत्यक्ष रूपमा जोडिएको बताउँदै आँफूले प्रकृतिलाई बिगारेर होइन‚ सिँगारेर विकास गर्नु पर्छ भन्ने कुरा समयसमयमा भन्दै आएको स्मरण गरिन् । हरेक स्थानीय तहमा हरियाली बढाउने सामुदायिक वनहरू छन्, विभिन्न धार्मिक स्थल‚ ताल र पोखरीहरू रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिले हामीलाई अमूल्य वरदानको रूपमा दिएका हरेक… पुरा पढौ

चितवनमा गैंडा मृत अवस्थामा भेटियो

दुर्लभ एक सिङ्गे गैंडा चितवनमा मृत अवस्थामा भेटिएको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुल नजिकै मृत गैडा भेटिएको हो । आइतबार बिहान करिब ७ बजे भाले गैडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । मृत अस्थमा भेटिएको गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा यो संगै ३३ वटा गैंडा मरेका छन् । विश्वभै दुर्लभ गैंडा मर्ने क्रम बढे संगै संरक्षणमा… पुरा पढौ