
इलाम : इलामको सन्दुकपुर गाउँपालिका ५ जौबारीमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा मृत अवस्थामा फेला परेको छ । गौरीबास सडक नजिक वृक्षरोपण गरिएको क्षेत्रमा पोथी रेडपाण्डा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
मृत रेडपान्डाको पोस्टमार्टम रिपोटकालागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको सन्दकपुर गाउँपालिका पशु शाखा प्रमुख सविन भट्टराईले बताएका छन् । लजाुल स्वाभावको वन्यजन्तु रेडपान्डाको वासस्थान निगालोको जंगल भएको क्षेत्र हो । निगालोको टुसा र पात खाने रेडपान्डाको बासस्थान समेत संकटमा पर्दै गएका छन् ।
रेडपान्डा जोगाउन बासस्थान निगालोको जंगल जोगाउन संरक्षण कर्मीले सुझाएका छन् । मानवीय गतिविधिका कारण रेडपान्डा संरक्षणमा चुनौती थपिएको छ । चोरी सिकारीका कारण पनि रेडपान्डा जोखिममा पर्दै गएका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…