
पोखरा : गत वर्ष माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि मृत्यु भएकाको सम्झनामा पोखरा महानगरपालिकाले दुर्घटना स्थल सेती किनारमा स्मृति स्तम्भ निर्माण गरेको छ । ६८ यात्रु र चालकदलका ४ सदस्य सहित ७२ जना लिएर काठमाडौँबाट पोखरा उडेको विमान अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा पोखरा महानगरपालिकाले सेती किनारमा मृत्यु भएका सबैको नाम ठेगाना सहितको स्मृति स्तम्भ निर्माण गरेको हो । पोखरा महानगरपालिकाको १० लाख लगानीमा स्मृति स्तम्भ सहित सेती किनारमा तारबार लगाउने लगायतका काम गरिने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले बताए । गण्डकी प्रदेश सरकार सँग सहकार्य गरेर महानगरपालिकाले दुर्घटना भएको स्थलमा स्मृति पार्क, सेतीमा झोलुङ्गे पुल लगायतका संरचना बनाउने पनि तिम्सीनाले बताए । पोखरा ७ र वडा नम्बर १५ को बीच सेती खोचमा विमान दुर्घटना भएको थियो ।

विमान दुर्घटनाको प्रत्यक्ष दर्शी स्थानीय बेल गिरी एक वर्ष अघिको घट्न सम्झदै अझै पनि कहाली लाग्ने बताउँछन् । यस्तो दुर्घटना कहिल्यै नहुने गरी सरकारले जहाज उडानमा अनुगमन गर्नु पर्ने उनले सुझाए । स्थानीय जमुना बस्नेत अहिले पनि पहिले झैँ घर नजिकै भएर जहाज उडान हुँदा डरलाग्ने बताउँछिन् । जहाज विमानस्थलमा अवतरण नभए सम्म हेरिरहने पनि उनले सुनाइन् ।

आन्तरिक उडानमा रहेका विमान दुर्घटनामा परेर यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना हो । विमान बिहान १०ः५० बजे अन्तिम पटक सम्पर्कमा आएको थियो । ढल्–ब्ल्ऋ, कल साइनको विमान अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै बाँकी रहँदा दुर्घटना भएको थियो ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …