समाचार

गण्डकी प्रज्ञा उत्सव : साहित्य कला क्षेत्रका पाँच जना सम्मानित

गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट… पुरा पढौ

वर्षा मौसममा किन पर्छ पोखराका सडकमा भ्वाङ

लगातारको वर्षा संगै पोखरामा यसको प्रभाव देखिन थालेको छ । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाको कारण शुक्रबार राती पोखरा २५ हेमजाको सुइँखेतको बस्ती डुवानमा परेको थियो । यसै गरी पोखरा शनिरबार राति परेको वार्षको कारण पोखराको फिर्के खोला नजिकैको मुख्य सडक नै भासिएको छ । भारी वर्षाको कारण पोखरा ४ को सडकसहित एक घर भासिएको हो । बुढानीलकण्ठ किरियाकर्म अगाडिको करिब १५ मिटर बाटो भासिएको पोखरा ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले बताए । वर्षाको समयमा पानीको उचित व्यवस्थापन नहुँदा… पुरा पढौ

भू–उपयोग नीति कार्यान्वयन नहुँदाको दुःख : खेतमा बनेका हेमजका घर डुबानमा

सरकारले राज्यको प्रमुख स्रोतको रुपमा रहेका सिमित भूमिको उपयोग र व्यवस्थापन गर्ने भन्दै भू–उपयोग नीतिको तर्जुमा ग¥यो । नीतिको अभावमा भूमिको अनियन्त्रित र अव्यवस्थित प्रयोग हुन गई भूमिको उपयोग र नियन्त्रण राज्यको आवश्यकता अनुसार गर्न सकिँदैन भन्दै यो नीति ल्याएको हो ।  भू–उपयोग नीतिको आधारमा नै राज्यले यस सम्बन्धी कानुन, योजना तथा कार्यक्रमहरू तर्जुमा एवं कार्यान्वयन गर्ने र नीति कार्यान्वयनमा देखा पर्न सक्ने समस्याहरूको समाधानका उपायहरूको खोज गर्ने बताइएको छ । यसै गरी भूमिमाथिको पहुँचलाई समतामूलक बनाउन र वातावरणीय सन्तुलन… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको बजेट : जलवायु परिवर्तनको असर र न्युनिकरणकालागि ५ लाख

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी वर्षका लागि ६३ करोड ३३ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले प्रस्तुत गरेको बजेटमा सडक छेउछाउ बजार क्षेत्र सार्वजनिक क्षेत्र लगायतमा हरियाली प्रवर्धन कार्यक्रमका लागी ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसै गरी जलवायु परिवर्तनको असर र न्युनिकरणका उपायबारे जनस्तरमा सचेतनामूलक कार्यक्रमका लागी ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धि योजना तथा कार्यक्रमका लागी जम्मा ६६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ… पुरा पढौ

पोखरा महानगरपालिकाको आउँदो आर्थिक वर्षको बजेट ८ अर्ब ७७ करोड : नदीघाट संरक्षण र नदी नियन्त्रणमा २ करोड

पोखरा महानगरपालिकाले नदीघाट संरक्षण र नदी नियन्त्रणमा २ करोड छुट्याइएको छ । पोखरा महानगरपालिकाले वन्यजन्तु, वातावरण संरक्षण, प्राकृतिक विविधताको संरक्षणमा भने ध्यान दिएको पाइएको छैन् । पोखरा महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको हो । उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिहीबार ५० वर्षिया महिलाको मिर्गौला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएको छ । काठमाण्डौंबाट डा पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा प्रकाश क्षेत्री डा अनुप चापागाई डा माया लामा डा जुजु श्रेष्ठ डा अमृत केसीको मेडिकल टिमले सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी अस्पतालका निर्देशक डा भरत खत्रीले दिए । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन्। यो अस्पतालमा मिर्गौला प्रत्यारोपण… पुरा पढौ

काठमाडौंमा यसरी हुँदै छ फोहोर व्यवस्थापन : कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई ५ सय जरिवाना

फोहोर व्यवस्थापनमा चुनौती बढेपछि काठमाण्डौं महानगरपालिकाले फोहोरको फोहोरको वर्गिकरण घरबाटै गर्न नागरिकलाई सचेत गराएको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई घरबाटै छु्ट्याउ अनुरोध गरेको हो । यसरी फोहोर घरबाटै छुट्याउने बानी बसाल्न महागरपालिकाले अनुरोध गरेको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने चेतावनी पनि दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको हो । फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक… पुरा पढौ

बन्दीपुरमा चितुवा त्रास

तनहुँ जिल्लाको बन्दीपुरमा चितुवाले आक्रमण गर्ने क्रम बढेपछि त्रास छाएको छ । बन्दीपुर गाउँपालिका १ मा यस्तो क्रम बढेसंगै स्थानीय साँझ नपर्दै चितुवाको त्रासले घरको ढोका थुनेर भित्रै बस्नु पर्ने अवस्था आएको स्थानीयले बताएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिकै देखिने क्रम बढ्ने र आक्रमण समेत गर्नथालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अअपनाउने क्रममा साँझ परेसंगै त्रासमा बस्ने गरेको बताएका छन् । यसैले सुरक्षा सतर्कता अपनाउन साँझ ७ बजेपछि नै सर्तक रहने र घरबाहिर निस्कन छाडेका छन् । चितुवाको त्रासले रातमा… पुरा पढौ

साँघुरियो बाघको घर : बढ्यो आक्रमण

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढ्दै गएको छ । यसरी बाघको गतिविधि बढेसंगै नियन्त्रण गर्नु परेको निकुञ्जका कर्मचारी बताउँछन् । बाघको संख्या बढ्दै जानु तर बाघको चरण क्षेत्र घर साँघुरिदै गएको छ । यसैले यस्तो समस्या आएको हो । बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको छ। यसरी नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । निकुञ्जको कसरामा र सौराहामा दुई दुईवटा खोरमा यसरी नियन्त्रण गरि बाघ राखिएको निकुञ्जले जनाएको छ… पुरा पढौ

पर्यटन प्रवद्धन गर्दै पोखरेली डुलुवा टोली जम्मु कस्मिरमा

पोखराको पर्यटन प्रवद्धन गर्दै पोखरेली डुलुवा टोली आठौं दिन जम्मु कस्मिर पुगेका छन् । पोखरा र नेपालको पर्यटन प्रवद्धनकालागि प्रचार–प्रसार गर्दै पश्चिम नेपाल सहित भारतका विभिन्न शहरको भ्रमणमा पोखरेली डुलुवा टोली निस्केको हो । टोलीले जम्मु कस्मिरमा पत्रकार भेटघाट गरि पोखरा भ्रमणमा आउन निम्तो दिएको छ । टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्र्तक्रिया पनि गर्दै अगाडी बढेको टोली प्रमुख योगेश भट्टराईले बताए । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले… पुरा पढौ