
पोखरा : पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई पोखरामा वर्ष सम्मानको रुपमा सम्मानित भएका छन् । पोखराको ड्यामसाइड क्लबले शनिबार वर्ष सम्मानको रुपमा भट्टराईलाई सम्मानित गरेको हो ।
भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । भट्टराई सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराई पहिलो सहभागितामै जुनियर च्याम्पियन भएका थिए ।
सन् १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कांस्य पदक देशले जित्दा भट्टराई टिम मेनेजर थिए । खेल सँगै पर्यटन क्षेत्र, सामाजिक कार्यमा सक्रिय भट्टराई पोखरा महानगरपालिकाका पूर्व उपमेयर पनि हुन् । खेलकुद, पर्यटन र सामाजिक कार्यको माध्यमबाट देश र समाजलाई महत्पूर्ण योगदान दिएकोले भट्टराईलाई वर्ष सम्मानको रुपमा सम्मानित गरिएको क्लबका अध्यक्ष प्रताप गुरुङले बताए । पोखराको ड्यामसाईडमा शनिबार भएको सातौँ ड्यामसाईड दीपावली साङ्गीतिक साँझ कार्यक्रममा भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…