चीनमा फेलापरेको नयाँ भाइरसबाट ३५ जना संक्रमित


     नेचर न्युज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित


चीनमा फेला परेको नयाँ भाइरसबाट ३५ जना मानिस संक्रमित भएका छन् । पूर्वी चीनमा नयाँ भाइरस संक्रमण भएपछि वैज्ञानिकहरुले निगरानी गरिरहेको बताइएको छ ।

चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना संक्रमित भइसकेको बताइएको छ । संक्रमित धेरैलाई ज्वरो, थकान र खोकी जस्ता लक्षणहरु देखिएको छ । छुचुन्द्रो प्रजातिको जनावरमा लाङ्ग्या भाइरस पाइएको छ ।

यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिए पनि यो भाइरस मानिसबाट मानिसमा सरेका पुष्टि भइसकेको छैन् । चीन, सिङ्गापुर र अष्ट्रिेलियाका अनुसन्धानकर्ताहरुले न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा यसै महिना प्रकाशित गरेको लेखमा यो अन्वेषणबारे चर्चा गरिएको छ ।

यो भाइरस घातक वा गम्भीर नभएको र यसबाट आत्तिनुपर्ने अवस्था नभएको भए पनि प्रकृतिमा रहने कतिपय भाइरसले मानिसलाई संङ्क्रमित गरेपछि अकल्पनीय आउने भएकोले सजक रहनु पर्ने बताएका छन् ।