
चीनमा फेला परेको नयाँ भाइरसबाट ३५ जना मानिस संक्रमित भएका छन् । पूर्वी चीनमा नयाँ भाइरस संक्रमण भएपछि वैज्ञानिकहरुले निगरानी गरिरहेको बताइएको छ ।
चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना संक्रमित भइसकेको बताइएको छ । संक्रमित धेरैलाई ज्वरो, थकान र खोकी जस्ता लक्षणहरु देखिएको छ । छुचुन्द्रो प्रजातिको जनावरमा लाङ्ग्या भाइरस पाइएको छ ।
यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिए पनि यो भाइरस मानिसबाट मानिसमा सरेका पुष्टि भइसकेको छैन् । चीन, सिङ्गापुर र अष्ट्रिेलियाका अनुसन्धानकर्ताहरुले न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा यसै महिना प्रकाशित गरेको लेखमा यो अन्वेषणबारे चर्चा गरिएको छ ।
यो भाइरस घातक वा गम्भीर नभएको र यसबाट आत्तिनुपर्ने अवस्था नभएको भए पनि प्रकृतिमा रहने कतिपय भाइरसले मानिसलाई संङ्क्रमित गरेपछि अकल्पनीय आउने भएकोले सजक रहनु पर्ने बताएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…