समाचार

गर्मी बढे संगै जंगलहरुमा डढेलोको संख्यामा वृद्धि

गर्मी बढे संगै देशका विभिन्न स्थानका जंगलहरुमा डढेलो लाग्ने क्रम बढेको छ । वन विभागको तथ्यांकअनुसार आइतबार सम्म ५६ स्थानमा डढेलो लागिरहेको छ । डढेलो लाग्ने क्रम बढेकोले सचेत रहन वन विभागले अनुरोध गरेको छ । तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको वन विभागले जनाएको छ । बारा, पर्सा, रौतहट क्षेत्रमा बढी मात्रामा डढेलो लागेको हो । पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो लागेको बताइएको छ । वन विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार पर्सा, बारा… पुरा पढौ

फेवा किनारमा नव बर्ष महोत्सव २०७९ काे तयारी

होटल संघ पोखरा नेपालले १७ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुने छ । कोभिड– १९ का कारण दुई बर्षसम्म स्थगित् महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दुई दिने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुबेदीको संयोजकत्वमा विभिन्न… पुरा पढौ

१६ वर्षपछि बाघको छाला किनबेचमा संलग्न पक्राउ

बाघको छाला किनबेचमा संलग्न रहेको फैसला गरिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहा नजिकैबाट १ थान बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको थियो । छालाको किनबेछमा संलग्न भएको फैसला भएर पनि लामो समयदेखि फरार रहँदै आएका २ जना मध्ये तनहुँको देवघाट गाउँपालिकाका विष्णुबहादुर गुरुङलाई भरतपुर १ लिलाचोकबाट नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरेर जिल्ला कारागार भरतपुरमा बुझाइएको बताइएको छ… पुरा पढौ

कोरोनाको कारण हिमाली देशहरुमा आर्थिक समस्या –प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण विश्वका हिमाली देशहरुमा आर्थिक समस्या परेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित दीगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्भर्दमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र सकिने बताए । प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविश्य सुरक्षित गर्नकालागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको बताए । यसकालागि तत्काल कदम चाल्न पनि उनले सुझाएका छन् । अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा माउण्टेन एड्भोकेसी समिट गर्न लागिएको पनि… पुरा पढौ

वायु प्रदूषणमा नेपाल विश्वको १० औं प्रदूषित मुलक

वायु प्रदूषणमा नेपाल विश्वकै १० औं प्रदूषित मुलुकमा परेको छ । गत सोमबार प्रकासिन वल्र्ड एयर क्वालिटी रिर्पोटमा नेपालको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४६ रहेको बताईको छ । यो इन्डेक्स डब्लूएचओको मापदण्डभन्दा ९ गुणाले बढी हो । स्विजरल्याण्न्डस्थित एयर क्वालिटी टेक्नोलोजी कम्पनीले हरेक वर्ष विश्वभरको एक्यूआई रिर्पोट निकाल्दै आएको छ । डब्लूएचओको मापदण्ड अनुसार हावामा पीएम २।५ को मात्रा प्रति घनमिटरमा ५ माइक्रोग्राम वा सोभन्दा कम हुनुपर्छ । स्विवरल्यान्डस्थित एयर क्वालिटी टेक्नोलोजी कम्पनीले हरेक वर्ष विश्वभरको एक्यूआई रिर्पोट निकाल्दै… पुरा पढौ

जलविद्युत आयोजनाले नदीमा १० प्रतिशत पानी छाडेनन् : गर्मी बढ्याे पानीमा आस्रीत जलचर देखिन छाडे

जलविद्युत आयोजनाले नदीको पानी प्रयोग गर्दा कम्तिमा दश प्रतिशत पानी जलचर र वातावरणकालागि नदीमै बग्न दिनुपर्ने कानुनी प्रावधान छ। तर जलविद्युत आयोजनाले यो प्रावधान मान्ने गरेका छैनन् । हिउँदयाममा जलविद्युत अयाोजनाले नदीमा छाड्नु पर्ने पानीको मात्रा नछाड्दा नदी सुख्खा बढेकाे छ । हिउँदमा सुख्खा बढ्ने र वर्षायाममा बाढी आउँदा बस्ती नै जोखिममा पर्ने गरेको नदी आसपासमा बस्ने स्थानीयको गुनासो छ। यसरी नदी नै सुख्खा हुने गरी पानी टनेलमा पठाउँदा नदीका माछा हराउँदै गएको, जलचर र पानीमा आस्रीत वन्यजन्तु पनि देखिन… पुरा पढौ

कोरोना सतर्कता : २५ भन्दा बढी भेला नहुन सरकारको निर्देशन

कोरोना संक्रमण हत्तै बढेपछि गृह मन्त्रालयले भिडभाड हुने कार्यक्रम मेला, महोत्सव नलगाउन निर्देशन गरेको छ । यसै गरी सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनकालागि पनि गृह मन्त्रालयले सोमबार निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै भोभिड १९ संकट व्यवस्थापन समन्र्यान्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना… पुरा पढौ

जाेमसाेममा विपद् व्यवस्थापन प्रतिकार्य प्रदर्शन 

हिमाली जिल्ला मुस्ताङमा हिमपात  र हिमपहिरोबाट हुन सक्ने जोखिम लगायत  बहुप्रकोप जोखिमको न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य  क्षमता अभिवृद्धि गर्न  विपद् व्यवस्थापन प्रतिकार्य प्रदर्शन भएको छ ।   प्रकृतिक  प्रकोपकाे समयमा हिउँपहिराेमा पुरिएका, फसेकाकाे  बेलैमा उद्धार गर्ने विषयमा केन्द्रित रहेर  प्रतिकार्य  प्रदर्शन भएकाे हो ।  हिमाली जिल्ला मुस्ताङ, मनाङ लगायत अन्नपूर्ण संरक्षण क्षेत्रमा जाडो मौसम सुरु संगै हिमपातले जनजीवन कष्टकर बन्दछ । ठूलो हिमपातको कारण हिउँ पहिरो समेत खस्दा हिउँ पहिरोमा, हिउँ आधी जस्ता  प्राकृतिक  प्रकोपमा परेर बेलाबेलामा पर्यटक र स्थानीयको समेतको मृत्यु… पुरा पढौ

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भएको छ । ५८ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनि हालसम्म विदेश नगएका र विदेशीको कन्ट्याक्ट टे«सिङमा समेत नरहेको बताइएको छ । उनलाई कसरी ओमिक्रोन संक्रमण देखियो भन्ने अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । उनको अवस्था सामान्य रहेको र स्वास्थ्य मन्त्रालयको सम्पर्कमा रहेको बताईको छ । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । त्यती बेला उनिहरुको सम्पर्कमा रहेका कसैलाई पनि संक्रमण नभएको… पुरा पढौ

सिताके च्याउ प्रोटिनकाे भण्डार

सिताके च्याउमा प्रचुर मात्रमा प्रोटिन , आइरन , भिटामिन बि , डी , जिन्क , पोटासियम लगाएतका पौष्टिक त्तत्व रहन्छ । यसैले याे च्याउ क्यान्सर , मधुमेह , उच्च रक्तचाप जस्ता रोग भएकालाई समेत फाइदा पुग्ने विज्ञले बताएका छन् । नेपालमा ८ सय मिटर देखि २ हजार ५ सय मिटरसम्म लगाउन सकिने यो च्याउको बजार मुल्य अहिले प्रति केजी ६ सय देखि १ हजार सम्म रहेको छ । यति महत्वकाे च्याउ खेती सम्बन्धी प्रविधि , उत्पादन, बजारीकरण , महत्व तथा… पुरा पढौ