
कहिले अति वर्षा त कहिले खडेरीका कारण विश्वका मान्छे मात्र होइन जनावर पनि समस्यामा पर्दै गएका छन् । यस्तै समस्या अहिले जिम्बाब्वेमा खडेरीका कारण हात्ती मरेका समाचार आइरहेको छ । जिम्बाब्वेमा खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् ।
जिम्बब्वेस्थित ह्याङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञत्ति अनुसार हाल सो खडेरीकाा कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ ।
जसकाकारण झण्डै ४५ हजार हात्तीको बासस्थान रहेको जिक्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरु मरेका छन् । कम्तीमा एक सय हात्तीहरु पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ । पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ । खडेरीले पानीका मुहान सुक्दै गएकोले वन्यजन्तु खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…