दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ । वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ । हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन…
पुरा पढौ