
टीकारपुर :अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ । कैलालीको जानकी गाउँपालिका स्थित अमरावती सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको हो ।
आइतबार पासोमा परेको अवस्थामा बाघ मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सामुदायिक वन भित्र थापेको काँडेतारको पासोमा परेर मरेको अवस्थामा बाघ भेटिएको डिभिजन वन कार्यालय लम्कीले जनाएको छ । मृत भेटिएको झण्डै १७/१८ वर्ष उमेरको पोथी पाटेबाघ रहेको बताइएको छ ।
घट्नाको प्रकृति हेर्दा केही दिन अघि देखि नै काँडेतारको पासो बाघको घाँटीमा परेकोले बाघ मरेको हुन सक्ने बताइएको छ । विश्वमै दुर्लभ हुँदै गएका पाटे बाघ मृत भेटिनुले संरक्षण कर्मी चिन्तित छन् । राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रका वनसँग सीमाना जोडिएका क्षेत्रमा बाघ लगायत वन्यजन्तु ओहोरदोहोर गर्ने भएकोले ति क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी हुन सक्ने तर्फ निकुञ्ज, डिभिजन वन कार्यालय, स्थानीय सरकार सचेत हुन पर्ने संरक्षण सुझाव छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…