
टीकारपुर :अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ । कैलालीको जानकी गाउँपालिका स्थित अमरावती सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको हो ।
आइतबार पासोमा परेको अवस्थामा बाघ मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सामुदायिक वन भित्र थापेको काँडेतारको पासोमा परेर मरेको अवस्थामा बाघ भेटिएको डिभिजन वन कार्यालय लम्कीले जनाएको छ । मृत भेटिएको झण्डै १७/१८ वर्ष उमेरको पोथी पाटेबाघ रहेको बताइएको छ ।
घट्नाको प्रकृति हेर्दा केही दिन अघि देखि नै काँडेतारको पासो बाघको घाँटीमा परेकोले बाघ मरेको हुन सक्ने बताइएको छ । विश्वमै दुर्लभ हुँदै गएका पाटे बाघ मृत भेटिनुले संरक्षण कर्मी चिन्तित छन् । राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रका वनसँग सीमाना जोडिएका क्षेत्रमा बाघ लगायत वन्यजन्तु ओहोरदोहोर गर्ने भएकोले ति क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी हुन सक्ने तर्फ निकुञ्ज, डिभिजन वन कार्यालय, स्थानीय सरकार सचेत हुन पर्ने संरक्षण सुझाव छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…