
अमेरिकाको मिनेसोटामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको तयारी गरिएको छ । लाटोकोसेरो संरक्षणमा जनचेतना जगाउने उद्देश्यले महोत्सव हुँदै आएको आयोजकले बताएका छन् । मार्चको १ गते देखि ३ तारिख सम्म मिनेसोटाको हुस्टनमा महोत्सवको तयारी गरिएको हो ।
अमेरिकामा सन् २००६ बाट अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव हुँदै आएको छ । महोत्सवमा लाटोकोसेरोको आवाज निकाल्ने प्रतियोगिता, जिउँदा लाटोकोसेरोको प्रदर्शनी, विश्वभरिका लाटोकोसेरोको अध्ययन र संरक्षणमा लाग्नेलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ । नेपालमा हुँदै आएको लाटोकोसेरो तथा हुचील उत्सव पनि यहाँ हुँदै आएको उत्सवको प्रेरणाको स्रोत रहेको नेपालका आयोजक संस्था प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताए ।
लाटोकोसेरो संरक्षण महोत्सव इटाली र भारतमा पनि हुने गर्दछ । अमेरिका स्थित अन्तर्राष्ट्रिय लाटोकोसेरो परियोजना अन्तर्गत विश्वभरका वैज्ञानिकहरूको सञ्जाल स्थापना गरिएको छ । यस परियोजनामा स्वयंसेवक वैज्ञानिकहरूले अध्ययन अनुसन्धानकालागि विज्ञता प्रदान गर्दछन् । विश्वभर भएका अनुसन्धानहरुलाई पुस्तक तथा शोध ग्रन्थका रुपमा प्रकाशित गर्ने काम समेत गरिन्छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…