
गोही संरक्षणको सन्देश दिन सौराहाको चित्रसारी मैनाह खेलमैदानमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना गरिएको छ । केयर फर नेचको आयोजनामा गोही संरक्षणका साथै खोलाको संरक्षण गर्दै पर्यटन विकासमा जोड दिदैं मेला आयोजना गरिएको हो ।
मंसीर २२ र २३ गते दुई दिन चलेको मेलामा नदी किनार सरसफाई जनचेतना मुलक ¥याली पनि गरिएको थियो । मेलामा बालबालिकाले गोहीको मुकुट लगाएर संरक्षणको सन्देश दिएका थिए । बालबालिकाले गालामा सेभ घडियाल, सेभ गोही जस्ता सन्देशमुलक सन्देश फेस पेन्टिङ गरेका थिए । सौरहा घुम्न आएका विदेशी पर्यटकले गोही मेलाको अवलोकन गरेका थिए ।
नेपालमा मगर गोही र घडियाल गोही दुई प्रजातिका गोही पाइन्छन् । नेपालमा भइरहेको गोही सम्बन्धी अनुसन्धानले यी दुवै प्रजातिलाई खतरा उन्मुख मानेको छ । विश्वमा २४ प्रजातिका गोही पाइन्छन् । नेपालमा घडियाल र मगर गरी दुई प्रकारका गोही पाइन्छन् । घडियालको थुतुनो लामो हुन्छ भने मगरको छोटो र थेप्चो हुन्छ् ।
घडियाल सफा र निरन्तर बगिरहेने ठूलाखोल नदीहरुमा मात्र पाइन्छन् । मगर ठूला नदीको साथै तालतलैया, पोखरी, तलाउ, घोल, जलाशयमा पनि पाइन्छन् । घडियालको मुख्य आहारा माछा हो भने मगरले माछाको सानै जंगली जनावर एवं घरपालुवा जनावरको पनि सिकार गर्छ । घडियाल अति संकटापन्न अवस्थामा पुगेको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…