
भरतपुर महानगरपालिका २७ मेघौलीस्थित राप्ती खोला किनारको हरियाली मध्यवर्ती सामुदायिक वनमा बाघ मृत फेला परेको छ । वनमा एउटा पोथी बाघ मृत फेला परेको हो ।
मृत बाघ अन्दाजी सात वर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन् । मृत बाघको शरीरमा घाउहरु देखिएको छ । घाउको प्रकृति हेर्दा बाघ एकापसमा जुधेर मरेको हुन सक्ने अनुमान गरिएको छ । दुर्लभ बाघ देशभरमा ३ सय ५५ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ बाघ रहेका छन् ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…