
वन्यजन्तु संरक्षणमा व्यवहारिक ज्ञान दिने उद्देश्यले स्याङ्जाको पुतली बजारमा विद्यार्थीहरुकालागि वन्यजन्तु अनुसन्धान विधि तालिम भइरहेको छ ।
नेपालमा वन्यजन्तु र तिनको वासस्थानको अनुसन्धान र संरक्षणको क्षेत्रमा क्षमतावान् युवापुस्ताको निर्माण गर्ने उद्देश्यले प्रकृतिका साथीहरू संस्थाले विगत एक दशक देखि वार्षिक रुपमा सञ्चालन गर्ने ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ दिइएको हो । स्याङ्जा जिल्ला, पुतली बजार नगरपालिका २, भैंसेगौंडा सामुदायिक होम स्टेमा विद्यार्थीहरूले तालिम लिइरहेका छन् ।
नेपालको वन्यजन्तु संरक्षण, अनुसन्धान क्षेत्रमा व्यवहारिक ज्ञानको निकै आवश्यक भइरहे बेलामा प्रकृतिका साथीहरू संस्थाले वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको हो । अहिले सम्म १६७ जनाले यो तालिम लिई सकेको र गत वर्ष गरिएको सर्वेक्षणमा करिव ८० प्रतिशत सहभागिले यो तालिम तिनको व्यक्तिगत र ब्यबसायिक जीवनमा सहयोगी भएको बताएका छन् ।
सैद्धान्तिक, व्यवहारिक र प्रयोगात्मक विधिबाट वन्यजन्तु र वनस्पतिको पहिचान, अनुगमन र वैज्ञानिक तथ्याङ्क सङ्कलन तथा प्रकाशनका साथै प्रभावकारी संरक्षण सचेतना अभियान सञ्चालन बारे समेत सम्बन्धित विषयका विज्ञबाट प्रशिक्षण दिने गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए ।
वरिष्ठ वन्यजन्तुविद् प्राध्यापक करण बहादुर शाह, वन्यजन्तु विज्ञ राजु आचार्य, पन्छी विज्ञ कृष्ण भुसाल, पुतली विज्ञ सुरेन्द्र परियार लगायतका विज्ञले तालिम स्थलमै पुगेर प्रयोगात्मक प्रशिक्षण दिएका छन् । अन्य विज्ञ, वैज्ञानिक अनुसन्धानकर्मीहरू सँग अनलाइन कक्षा पनि भइरहेको बताइएको छ । तालिममा विभिन्न विश्व विद्यालयमा स्नातक र स्नातकोत्तर अध्ययनरन १३ जना विद्यार्थीको सहभागीता रहेको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …