
पोखरा : युएसआइडी जल जङ्गल परियोजना अन्तर्गत (३२,९३१,३६७ अमेरिकी डलर ) करिब सवा ४ अरब लगानीमा वन तथा जलस्रोत संरक्षणका क्षेत्रमा काम गर्ने गरी परियोजना सुरु भएको छ ।
गत वर्षको नोभेम्बर देखि सुरु भएको परियोजना सन् २०२५ को नोभेम्बर सम्म सञ्चालन हुने छ । यसको साथै थप दुई वर्ष ४ नोभेम्बर २०२५ देखि ३ नोभेम्बर २०२७ को अवधि रहने बताइएको छ । पारिस्थितिक प्रणालीको अवस्थामा सुधार वातावरणीय अपराध रोकथाम नियन्त्रणमा परियोजनाले प्राथमिकता दिने बताइएको छ ।
जलवायु परिवर्तन अनुकूलन तथा प्राकृतिक विपद्हरूका लागि पूर्वतयारमा समुदायको क्षमता अभिवृद्धि गर्दै प्राकृतिक संरक्षण मानव समृद्धि र नेपालको जैविक विविधता संरक्षणमा सहयोग पुर्याउने परियोजनाको प्राथमिकता रहेको परियोजनाका अधिकारीले बताएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्राकृतिक स्रोतको संरक्षण गर्दै उपयोग गर्ने विषयमा चुक्दा देशमै भएका प्राकृतिक स्रोतहरू पनि विदेशबाट आयात गर्ने अवस्था रहेको बताए ।
प्राकृतिक संरक्षणका क्षेत्रमा जनसहभागीताक नभई संरक्षणका क्षेत्रमा सफलता नमिल्ने बताउँदै मेयर आचार्यले वातावरण प्रदूषण नियन्त्रण, प्रकृति संरक्षण र सरसफाइमा नागरिकको पनि अनिवार्य सहभागिता हुनु पर्ने बताउँछन् । युएसएआइडी नेपालका प्रतिनिधि कस्मिरा काकातीले पारिस्थितिक प्रणालीको अवस्थामा सुधार, वातावरणीय अपराध नियन्त्रण तथा प्राकृतिक स्रोत सुरक्षा, जलवायु उत्थानशीलता अभिवृद्धिमा सहयोग, विगतका सफलतामा आधारित युएसएआइडी र नेपालको साझेदारीमा आधारित भएर परियोजना अघि बढेको बताइन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…