
पोखरा : र्यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ ।
सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै पर्वतका पत्रकार तथा लेखक भूमिराज शर्माले पाठकद्वारा अत्यधिक रुचाइएका निबन्धहरू कृतिमा समेटिएका बताए । लेखकका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की निबन्धमा प्रस्तुत भएका उनको भनाइ थियो ।
पूर्व सांसद्समेत रहेका ढकालले कृतिमा ‘म राजनीतिमा छँदा पातकी थिएँ तर त्यो छोडेपछि असल मानिस बनेको छु ।’ भन्ने अभिव्यक्ति दिनुले समकालीन राजनीतिप्रतिको चरम नैराश्यलाई सङ्केत गरेको शर्माले बताए । “यो निबन्ध सङ्ग्रहमा सङ्गृहीत प्रत्येक निबन्धले समाज रूपान्तरणका निम्ति गतिलो सन्देश प्रवाह गरिरहेका छन्” उनले भने, “यी निबन्धहरू यथार्थका साक्षी दस्तावेज हुन् भन्दा अतिशयोक्ति हुँदैन ।” विभिन्न कालव्रmममा लेखिएका यी निबन्धहरूले वर्तमान युगको प्रतिनिधित्व गरेका परिचर्चाकार शर्माको धारणा थियो ।
निबन्धकार ढकालले यो कृति वैचारिक र कलात्मक जीवनको एक महŒवपूर्ण दस्तावेज भएको बताए । कृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानलाई ‘जुठो टपरी’ को संज्ञा दिँदै समस्या मात्र खडा गरेको, समाधानका कुनै उपाय नदिएको भन्दै सो अवसरमा पाठकले लगाएका आरोपबारे स्पष्टीकरण दिँदै ढकालले प्रज्ञा–प्रतिष्ठान जागिर खाने थलो मात्रै बनेको भन्दै असन्तुष्टि जनाए । प्राज्ञहरूलाई मासिक तलब वा आजीवन भत्ता दिन नहुने तर कामका आधारमा उपयुक्त पारिश्रमिक दिइनुपर्ने तर्क गर्दै ढकालले सदस्य सचिव पनि साहित्यकार नभई साहित्य बुझेको नेपाल सरकारकै सचिव स्तरको कर्मचारी राख्नुपर्ने जिकिर गरे । अनुसन्धानका क्षेत्रमा प्रशस्त बजेट व्यवस्थापन गर्न पनि उनले सुझाव दिए । उनले आफ्नो अखबारी लेखनका क्रममा पाठकद्वारा रुचाइएका २२ ओटा निबन्ध कृतिमा समेटिएको जानकारी दिए । ढकालका प्रेतकल्प, वृषभ बध, शोकमग्न यात्रीलगायत १९ कृति प्रकाशित छन् ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षता र सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा गनेस पौडल, खडानन्द आचार्य, अनुराग अधिकारी, नेपालप्रकाश अधिकारीलगायलते टिप्पणी गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…