
पोखरा : विश्वकाे उच्च सगरमाथा हिमाल अाराेहण पर्वाताराेहीकालागि सपना हाे । विश्वका हिमाल प्रेमी पर्यटकका लागि पनि सगरमाथा मुख्य आकर्षणको केन्द्र हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई चुम्न विश्वका पर्वतारोही प्रतिस्पर्धा गर्दै आएका छन् ।
सगरमाथा अाराेहण गर्दा जति उचाईमा पुग्यो अक्सिजनको लेबल कम हुने भएकोले लेक लाग्ने जोखिम उतिकै हुन्छ । यस्तोमा अक्सिजन महत्त्वपूर्ण रहन्छ । उच्च हिमालको आरोहणमा धेरै सामान बोकेर जान पनि सहज हुँदैन । यस्ता सम्या समाधानकालागि सगरमाथामा ड्रोन डेलिभरी परीक्षण गरिएकाेमा परिक्षण सफल भएको छ । यो सफलता हिमाल आरोहीकालागि खुशीको खबर बनेको छ ।
सगरमाथा अाराेहणकालागि मात्र हाेइन त्यस क्षेत्रमा थ्रुप्रिएर रहेका फोहोर ल्याउन पनि थप सहज हुने विज्ञहरुले बताएका छन् । चिनियाँ ड्रोन निर्माता डीजेआईले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी ड्रोन डेलिभरी परीक्षण सफलता मिलेको बताइएको छ । कम्पनीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोन डेलिभरी परीक्षण सफल भएको जनाएको छ ।
यो सफलता संगै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्वतारोहण, आपत्कालीन उद्दार र सगरमाथा क्षेत्रको सरसफाईकालागि उपयोगी हुने बताइएको छ । ड्रोनले एक पटकमा तीन अक्सिजन बोतल र डढे केजी तौलका अन्य सामग्रीहरू सगरमाथा आधार शिविरबाट क्याम्प एकको ६ हजार मिटरको उचाइसम्म उडाएको जनाएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…