समाचार

पोखरामा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन हुँदै

पोखरा : पोखरामा आठौं पर्वतीय महोत्सवको तयारी गरिको छ । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सवको आठौं संस्करण हुन लागेको हो । महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए । यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसन नेपाल सँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’… पुरा पढौ

विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि तालिम

वन्यजन्तु संरक्षणमा व्यवहारिक ज्ञान दिने उद्देश्यले स्याङ्जाको पुतली बजारमा विद्यार्थीहरुकालागि वन्यजन्तु अनुसन्धान विधि तालिम भइरहेको छ । नेपालमा वन्यजन्तु र तिनको वासस्थानको अनुसन्धान र संरक्षणको क्षेत्रमा क्षमतावान् युवापुस्ताको निर्माण गर्ने उद्देश्यले प्रकृतिका साथीहरू संस्थाले विगत एक दशक देखि वार्षिक रुपमा सञ्चालन गर्ने ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ दिइएको हो । स्याङ्जा जिल्ला, पुतली बजार नगरपालिका २, भैंसेगौंडा सामुदायिक होम स्टेमा विद्यार्थीहरूले तालिम लिइरहेका छन् ।  नेपालको वन्यजन्तु संरक्षण, अनुसन्धान क्षेत्रमा व्यवहारिक ज्ञानको निकै आवश्यक भइरहे बेलामा प्रकृतिका साथीहरू संस्थाले वर्षेनी यस्तो कार्यक्रम… पुरा पढौ

हिमाल पग्लिँदै गएकोमा कलाकार चिन्तित

कास्कीको माछापुच्छ्रेमा संरक्षण चित्रकला यात्रा पोखरा : वरिष्ठ कलाकार दुर्गा बरालले आफूले बालककालमा देखेको सुन्दर माछापुच्छ्रे« हिमाल पछिल्लो समयमा प्रत्येक वर्ष हिउँ घट्दै जाँदा सौन्दर्य पनि घटेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सोमबार कास्कीका माछापुच्छ्रे« गाउँपालिकाको टुसे गाउँमा आयोजना गरेको दुई दिने संरक्षण चित्रकला यात्रामा सहभागी हुन पुगेका कलाकार बरालले माछापुच्छ्रे« हिमाल पोखराको प्रमुख सौन्दर्य रहेको तर पछिल्लो समयमा हिमालमा हिउँ कम हुँदै गएको बताए । पोखराको प्रमुख आकर्षण माछापुच्छ्रे« लगायतका हिमाल कालापत्थरमा परिणत हुँदै… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला पर्‍यो

भरतपुर महानगरपालिका २७ मेघौलीस्थित राप्ती खोला किनारको हरियाली मध्यवर्ती सामुदायिक वनमा बाघ मृत फेला परेको छ । वनमा एउटा पोथी बाघ मृत फेला परेको हो ।मृत बाघ अन्दाजी सात वर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन् । मृत बाघको शरीरमा घाउहरु देखिएको छ । घाउको प्रकृति हेर्दा बाघ एकापसमा जुधेर मरेको हुन सक्ने अनुमान गरिएको छ । दुर्लभ बाघ देशभरमा ३ सय ५५ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ बाघ रहेका… पुरा पढौ

स्पेनमा युरोपियन गिद्ध सम्मेलन : ४५ देशका ४ सय बढी सहभागि

पोखरा : स्पेनको कासेरस शहरमा युरोपियन गिद्ध सम्मेलन भएको छ । सम्मेलनमा विश्वका गिद्ध विज्ञ, अनुसन्धानकर्ता र संरक्षणकर्मीको सहभागिता रहेको थियो । युरोपियन भल्चर कन्फरेन्स नाम दिइएको उक्त गिद्ध सम्मेलनमा ४५ देशका ४ सय बढीको सहभागिता रहेको बताइएको छ । सम्मेलनमा करिब २ सय वैज्ञानिक अध्ययनबाट प्राप्त रिपोट तथा सुझाव प्रस्तुत भएको नेपालबाट सहभागी गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए । सम्मेलनमा नेपालबाट दुईवटा प्रस्तुति राखिएको थियो । दुर्लभ सेतो गिद्धको नेपालमा अवस्थाका बारेमा सन् २०१२ देखि २०२३ सम्मको अध्ययन तथा अनुगमनको… पुरा पढौ

पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सम्मानित

पोखरा : पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई पोखरामा वर्ष सम्मानको रुपमा सम्मानित भएका छन् । पोखराको ड्यामसाइड क्लबले शनिबार वर्ष सम्मानको रुपमा भट्टराईलाई सम्मानित गरेको हो ।   भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । भट्टराई सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराई पहिलो सहभागितामै जुनियर च्याम्पियन भएका थिए ।  सन् १९९८ मा नेपालमै भएको सागमा २… पुरा पढौ

युएसआइडी जल जङ्गल परियोजनामा सवा ४ अरब

पोखरा : युएसआइडी जल जङ्गल परियोजना अन्तर्गत (३२,९३१,३६७ अमेरिकी डलर ) करिब सवा ४ अरब लगानीमा वन तथा जलस्रोत संरक्षणका क्षेत्रमा काम गर्ने गरी परियोजना सुरु भएको छ ।  गत वर्षको नोभेम्बर देखि सुरु भएको परियोजना सन् २०२५ को नोभेम्बर सम्म सञ्चालन हुने छ । यसको साथै थप दुई वर्ष ४ नोभेम्बर २०२५ देखि ३ नोभेम्बर २०२७ को अवधि रहने बताइएको छ । पारिस्थितिक प्रणालीको अवस्थामा सुधार वातावरणीय अपराध रोकथाम नियन्त्रणमा परियोजनाले प्राथमिकता दिने बताइएको छ । जलवायु परिवर्तन अनुकूलन तथा… पुरा पढौ

गिद्धलाई बाँच्नै सकस

अंग्रेजी महिना सेप्टेम्बरको पहिलो शनिवार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँन्छ । सन् २००९ देखि प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाइँदै आएको हो। सेप्टेम्बर महिनाको पहिलो साता भर नै गिद्ध सचेतना दिवस मनाइन्छ । स्वस्थ आहाराको कमी र बासस्थान विनाशका कारण सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिको कुचिकार गिद्ध संकटमा पर्दै गएका छन्। यसैकारण गिद्ध संरक्षणका लागि यो अभियान विश्वभर मनाइँदै छ। गिद्धले सिनो खाएर मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झडापखाला र पशु चौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस… पुरा पढौ

चीनमा फेलापरेको नयाँ भाइरसबाट ३५ जना संक्रमित

चीनमा फेला परेको नयाँ भाइरसबाट ३५ जना मानिस संक्रमित भएका छन् । पूर्वी चीनमा नयाँ भाइरस संक्रमण भएपछि वैज्ञानिकहरुले निगरानी गरिरहेको बताइएको छ । चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना संक्रमित भइसकेको बताइएको छ । संक्रमित धेरैलाई ज्वरो, थकान र खोकी जस्ता लक्षणहरु देखिएको छ । छुचुन्द्रो प्रजातिको जनावरमा लाङ्ग्या भाइरस पाइएको छ । यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिए पनि यो भाइरस मानिसबाट मानिसमा सरेका पुष्टि भइसकेको छैन् । चीन, सिङ्गापुर र अष्ट्रिेलियाका… पुरा पढौ

प्रकृति र संस्कृति संरक्षणको सन्देश दिँदै फेवातालमा कृष्ण झुला

पोखराको फेवातालमा पहिलो पटक कृष्ण झुला प्रदर्शन गरिएको छ । स्कोन पोखराको आयोजनामा भएको संस्कृति कार्यक्रममा प्रकृति संरक्षण र संस्कृतिको महत्त्वको बारेमा भजन कीर्तन गाइएको थियो । फेवाताल किनार गौरीघाटबाट सुरु भएको कृष्ण झुला डुङ्गामा सयर गरेर वाराही मन्दिर परिक्रमा गरिएको थियो । डुङ्गालाई आकर्षक रुपमा सजाएर सांस्कृतिक कृष्ण झुला निकालिएको हो । कार्यक्रममा सहभागीले प्रकृति सँगै संस्कृति र संस्कृति सँगै प्रकृति संरक्षणमा जोड दिएका छन् । पोखरामा फेवातालमा पहिलो पटक आयोजना भएको कृष्ण झुलाका दृश्य तस्बिरमा ।  तस्बिरहरू : हरिकृष्ण… पुरा पढौ