असार १५ मा यस्तो छ देश भरको मौसम


     नेचर न्युज    
     असार १५ गते २०८१ मा प्रकाशित


पोखरा : असार महिना देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैले यो मौसममा वर्षा हुनु सामान्य हो । वर्ष याम भए पनि विगतमा जस्तो सामान्य वर्षा हुनुलाई सामान्य नै मान्नु पर्छ । तर  विगतमा हुने वर्षा भन्दा अति धेरै र अति कम हुनु भने जोखिम अवस्था हो । मौसम परिवर्तनका कारण पृथ्वीका सबै क्षेत्रमा यो अवस्था आएको वैज्ञानिकहरू बताउँछन् । धान दिवस असार १५ मा देशभरको मौसम कस्तो रहन्छ त । जल तथा मौसम विज्ञान विभागको यस्तो छ अनुमान । 

असार १५ को अघिल्लो दिन शुक्रबार दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि जनाइएको छ ।  

शुक्रबार राती भने देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ ।  बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका  केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोसी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा भारी वर्षाको साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ । रातको समयमा भारी वर्षा हुँदा भने जोखिम मानवीय क्षति हुने  सम्भावना बढी हुन्छ । राति सुतिरहेको बेलामा बाढी, पहिरो जाँदा मान्छेको ज्यानै जाने गरेको घटना बढी रहेको छ । 

असार १५ गते शनिबार को मौसम 

असार १५ गते दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको जनाइएको छ । 

 शनिबार राति  देशभर साधरणतया देखि पूर्णतया बदली रहने बताइएको छ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशभर थोरै स्थानहरूमा  भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

२०८१ असार १६ गते आइतबार दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने जनाइएको छ । कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बाँकी प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 राति भने देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र देशका बाँकी  स्थानहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  भारी देखि धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ ।

 जल तथा मौसम विज्ञान विभागको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श यस्तो छ

देशका केही स्थानहरूका मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोसी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।