समाचार

यती एयरको विमान दुर्घटनाको एक वर्ष : दुर्घटना स्थल सेती किनारमा स्मृति स्तम्भ निर्माण

पोखरा : गत वर्ष माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि मृत्यु भएकाको सम्झनामा पोखरा महानगरपालिकाले दुर्घटना स्थल सेती किनारमा स्मृति स्तम्भ निर्माण गरेको छ । ६८ यात्रु र चालकदलका ४ सदस्य सहित ७२ जना लिएर काठमाडौँबाट पोखरा उडेको विमान अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।  दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा पोखरा महानगरपालिकाले सेती किनारमा मृत्यु भएका सबैको नाम ठेगाना सहितको स्मृति स्तम्भ निर्माण गरेको… पुरा पढौ

ढकालको निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा

पोखरा : र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ ।सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै पर्वतका पत्रकार तथा लेखक भूमिराज शर्माले पाठकद्वारा अत्यधिक रुचाइएका निबन्धहरू कृतिमा समेटिएका बताए । लेखकका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की निबन्धमा प्रस्तुत भएका उनको भनाइ थियो । पूर्व सांसद्समेत रहेका ढकालले कृतिमा ‘म राजनीतिमा छँदा पातकी थिएँ… पुरा पढौ

कन्दरा लाइभ कन्सर्टमा झुमे पोखरेली

 पोखरा : चिसो मौसम, साँझको समय, गीत सङ्गीतको माहोल, खचाखच दर्शक । पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा शुक्रबार साँझ भएको कन्दरा लाइभ कन्सर्टमा हजारौँ युवा युवती झुमे । गृह नगर पोखरामा कन्दराका मुख्य भोकलिष्ट विवेक श्रेष्ठले आफ्ना नयाँ तथा पुराना गीत प्रस्तुत गर्दै गर्दा चिसो मौसममा माहोल तातेको थियो । युवा युवती गीत संगीतमा झुमेका थिए । तिमी पारी, लेककी हे माया, तगारोमा रुमाल राखी, हङकङ पोखरा लगायतका चर्चित गीत मुख्य भोकलिष्ट विवेकले पोखरेली दर्शक तथा श्रोताको मन जितेका थिए… पुरा पढौ

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन १ पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन१ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन।१ पुष्टि भएको जानकारी दिएको छ। देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए। उनका अनुसार ती नमूनाहरू आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।यससँगै सरकारले संक्रमण रोकथामका लागि सीमा नाकाहरूमा कडाइ गर्न निर्देशन दिएको छ। मन्त्रालयलले प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयमार्फत्… पुरा पढौ

सुरज सरको सम्झनामा स्मृति सभा

पोखरा : अन्नपूर्ण माध्यामिक विद्यालय सिक्लेसका पूर्व प्रधानध्यापक सुरज कुमार गुरुङको सम्झनामा मंगलबार स्मृति सभा गरिएको छ । २०७९ पुस १७ गते आफ्नै घरमा आगलागीमा परि मृत्यु भएका गुरुङको स्मृतिमा स्मृति सभा गरिएको हो । कार्यक्रममा मादी गाउँपालिका १ का संस्थापक वडा अध्यक्ष समेत रहेका अन्नपूर्ण माविका पूर्व प्रधानध्यापक गुरुङले सामाजिक क्षेत्र र शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको योगदानका विषयमा चर्चा गरिएको थियो । गुरुङ लालीगुराँस छात्रवृत्ति कोषका संस्थापक हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षतामा भएको स्मृति सभामा प्रधानध्यापक शंकर… पुरा पढौ

लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव माघ १९ देखि पर्वतको जलजलामा

पोखरा : लाटोकोसेरो तथा हुचिल उत्सव २०८० पर्वतको जलजला गाउँपालिका ५ लेख फाँट लाप्रेमा हुने भएको छ । माघको १९ र २० गते १४ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुन लागेको हो ।  प्रकृतिका साथी नामक संस्थाले देशमा हुने विभिन्न महोत्सव भन्दा पृथक् चरा संरक्षण उत्सव गर्दै आएको हो । उत्सवमा लाटोकोसेरो चराको संरक्षणका साथै अन्य वन्यजन्तु, वनस्पतिको संरक्षणका विषयमा छलफल, बहस, सांस्कृतिक कार्यक्रम मार्फत संरक्षण सन्देश दिनुको साथै स्थानीय युवा, आमा, बुवाहरुलाई लाटोकोसेरो लगायत वन्यजन्तुको महत्त्व र… पुरा पढौ

इलामको जौबारीमा मृत अवस्थामा भेटियो रेडपान्डा

इलाम : इलामको सन्दुकपुर गाउँपालिका ५ जौबारीमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा मृत अवस्थामा फेला परेको छ । गौरीबास सडक नजिक वृक्षरोपण गरिएको क्षेत्रमा पोथी रेडपाण्डा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । मृत रेडपान्डाको पोस्टमार्टम रिपोटकालागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको सन्दकपुर गाउँपालिका पशु शाखा प्रमुख सविन भट्टराईले बताएका छन् । लजाुल स्वाभावको वन्यजन्तु रेडपान्डाको वासस्थान निगालोको जंगल भएको क्षेत्र हो । निगालोको टुसा र पात खाने रेडपान्डाको बासस्थान समेत संकटमा पर्दै गएका छन् । रेडपान्डा जोगाउन… पुरा पढौ

वातावरणीय सचेतनाकालागी पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता

वातावरण सम्बन्धि सचेतना फैलाउँदै पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको मापन गर्न जापान सरकारको सहयोगमा विद्यालयस्तरमा अध्ययनका लागि सम्झौता भएको छ । जापान सरकारको शिक्षा मन्त्रालयमार्फत त्यहाँको नागोया साङग्यो विश्वविद्यालयले नेपालका विभिन्न सहरको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थाबारे अध्ययन गर्न थालेको हो । विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने र वायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्न सहकार्य गर्नेगरि गैहपाटनस्थित पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता पनि भएको छ ।पोखरा, काठमाडौं, बुटवल लगायतका सहरका विभिन्न विद्यालयमार्फत ती ठाउँको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको मापन गर्ने… पुरा पढौ

माछापुच्छ्रे टेनिस प्रतियोगितामा चार देशका २१६ खेलाडीको सहभागि

पोखरा, ८ पुसर कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा पुस १० गते देखी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा विभिन्न इभेन्टमा चार देशका २ सय १६ जना खेलाडीले सहभागीता जनाउने कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेले जानकारी दिए । पुस १४ गते सम्म सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ जना खेलाडीले सहभागिता जाउने उनले बताए । प्रतियोगितामा सहभागिता जनाउन भारत, यूके र बंगालादेशका खेलाडी पोखरा… पुरा पढौ

Rəsmi Veb Saytı Bağlayın️ Sürətli Ödənişlər, Gündəlik Bonuslar, Bütün Bunlar Sizi Pin Up Casinoda Gözləyi

Rəsmi Veb Saytı Bağlayın️ Sürətli Ödənişlər, Gündəlik Bonuslar, Bütün Bunlar Sizi Pin Up Casinoda GözləyirAzərbaycanda Rəsmi SaytContentPin-up Casino-dan Uduşlarımı Necə Çıxarmaq Olar? Pin-up Casino Etibarlıdırmı? Texniki Dəstək XidmətiPin Up Casino-da Hansı Oyunlar Var? Pin Up Bukmeker Kontorunda Necə Qeydi̇yyatdan OlmaqPin Up Casino Üstünlükləri Və Mənfi CəhətləriRulet OyunuKripto Kazinoların Riskləri🎰pin Up Casino Slotları Real Pul Üçün Çəkilməklə Və Ya PulsuzdurƏlavə Pin-upPin Up GüzgüPin Up Casino Az Pulu Necə Yerləşdirmək Və Çıxarmaq OlarBukmeker Kontorundan Digər Bonuslar Pin-upPin-up OyunuPin-up Casino Official Website For… पुरा पढौ