
कालीकोट जिल्लाकाे खाँडाचक्र नगरपालिका ६ चुलीको लेकमा चट्याङ लागेर १४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय निराजन शाही सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
भेडीगोठमा चट्याङ पर्दा आइतबार १४ वटा भेडा मरेका हुन् । चट्ङलागेर २० वटा भेडा घाइते भएका छन् । खाँडचक्र नगरपालिका ६ का स्थानीय लङ्क शाही र खम्मा शाहीका भेडा मरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कालीकोट लगायतका बिभिन्न जिल्लाका लेकमा भेडाबाख्रा, च्याङ्ग्रा चराउने चलन छ । उच्च हिमाली क्षेत्रका लेकमा भने भेडा, च्याङ्ग्रा, याक, चौरी, घोडा चराउने चलन छ ।
किसानले पालेका भेडा, बाख्रा, च्याङ्ग्रा, याक, लगायतका घरपालुवा जनावरलाई चितुवा, हिउँ चितुवाको आक्रमणमा परेर मर्ने गरेका छन् । प्राकृतिक प्रकोप, वन्यजन्तुको आक्रमणमा परेर मरेको घरपालुवा जनावरको क्षति भएको अवस्थामा सरकारले क्षतिपूर्ति दिने गर्दछ । तर त्यो क्षतिपूर्ति उपुयक्त मुल्याङ्कन गरी दिनु पर्ने किसानको माग छ ।
फाइल तस्बिर ।
‘



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…