
प्रसिद्ध एड्भेन्चर शो म्यान भर्सेज वाइल्डका होस्ट बेयर ग्रिल्सले शोको क्रममा जिउँदो जीवजन्तुलाई मारेर खाएकोमा पश्चाताप गर्दै अव नखाने बताएका छन् । उनले शोको क्रममा सुरुआती दिनमा धेरै जनावरलाई मारेर खाएको कार्यक्रममै देखाउँथे । हालै एक अन्तर्वातामा उनले त्यसप्रति आत्मालोचना गर्दै अव यसो नगर्ने बताएका हुन् ।
साथै उनले अव आप्नो शोकालागि कुनै पनि जीवको हत्या नगर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले सुरुआती दिनहरुमा धेरै सर्प, बिच्छी सहति धेरै जनावर मारेको पनि स्विकारेका छन् । यसका आफूलाई ज्यादै पश्चाताप लागेको पनि बताए । अब भने आफू त्यसबाट धेरे पर आइसकेको बेयरले बताएका छन् ।
उनको यस्तो प्रेरणा शोमा आएका साकाहारी व्यक्तिहरुबाट मिलेको पनि बताएका छन् । उनले आप्नो शो मा थुप्रै प्रसिद्ध व्यक्तिहरुलाई जंगलमा लगेर जंगलमा रहँदाको अवस्था देखाएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई जंगलमा लगेका थिए । ति शो निकै हेरिएका शो पनि रहेका थिए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …