
भोटेकोशीमा बाढी गएको ११ औं दिनमा बाढीमा परेका दुई जनाको सकुशल उद्धार गरिएको छ । एक महिला र एक चिनियाँ नागरिकले नयाँ जीवन पाएका हुन् । भोटेकोसीमा भदौ १० गते बिहान आएको बाढीले सयौंको ज्यान लिएको र हजारौं सम्पर्कविहीन छन्। बाढीमा परेका मानिसहरूको खोज तथा उद्धारमा तल्लिन खोजकर्ताले शनिबार दुई जनालाई उद्धार गरेर नयाँ जीवन दिएका हुन् ।
नुवाकोटको विदुर नगरपालिका(१० स्थित वेत्रावतीबाट शनिबार दिउँसो ६४ वर्षीया चन्द्रिका श्रेष्ठको अचेत अवस्थामा उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा रहेको एपीएफ र नेपाल प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई घरभित्र अचेत अवस्थामा फेला पारेर उद्धार गरेको हो ।
उनी आप्नै घरको चौथो तालमा घर पुरिएको ठाउँमा फेला परेकी हुन् । सशस्त्र प्रहरीको टोली पुरिएको घरभित्र खोज तथा उद्धार गर्ने क्रममा श्रेष्ठलाई भेटेको हो।
बाढी प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाउने क्रममा उद्धार टोलीले उनको आवाज सुनेको खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल १९ नं। गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० वीरेन्द्र राउतले बताएका छन् । घरभित्र आवाज सुनेपछि सशस्त्र प्रहरीको टोली उद्धार गरेको हो ।
हिलोमा गाडिएको अवस्थामा रहेकी श्रेष्ठलाई उद्धार गरेर थप उपचारका लागि काठमाडौं लगिएको छ । अचेत अवस्थामा भेटिएकी उनी उद्धारपछि होसमा आएकी छन्।
यस्तै नेपाली सेना र कोरियाली टोलीले माथिल्लो त्रिशूली(१ जलविद्युत आयोजनाको सुरुङबाट शनिबार दिउँसो एक जना चिनियाँ नागरिकको उद्धार गरेको छ। आयोजनाको अडिट(४ सुरुङबाट उनको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
उनी पनि सकुसल छन्। उद्धार पछि उपचारका लागि उनलाई नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगिएको थियो। प्राथमिक उपचारपछि उनलाई काठमाडौं लगिएको छ ।
यसअघि शुक्रबार पनि दुई जनाको उद्धार गरिएको थियो। त्रिशूली(३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई उद्धार गरिएको थियो। दुवै जनाको उपचार भइरहेको छ।
बाढीमा परेर हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको छ। त्यस्तै, चार हजार ८८७ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी जारी रहेको छ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…