भोटेकोसी बाढी : बाढी गएको १५ औं दिनमा स्थानीयमा अझै त्रास 


     नेचर न्युज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित


नुवाकोट,बेत्रावती : भाद्र १० गते भोटेकोसीमा गएको बाढीले नदी किनारका बस्ती नै बगायो । सुनामी जस्तै गरी आएको बाढीले स्थानीयको साथै पशु चौपाया पनि बगायो । 

बाढीले बस्तीमा रहेका स्थानीय, जलविद्युत केन्द्रमा काम गर्ने कर्मचारी, विभिन्न देशबाट घुम्न आएका पर्यटकको ज्यान नै लग्यो । बाढीले बुधबार सम्म १३ सय ५७ जनाको ज्यान गएको र  ५ हजार ३ सय २६ जना हराईरहेको सरकारी तथ्याङ्क छ । 

ढुंगेबजारका स्थानीयले तत्काल झोलुङ्गे पुल र खानेपानीको व्यवस्था गर्नु पर्ने बताएका छन् । बाढीले खानेपानीका पाइपका संरचना बगाएको स्थानीय कमला रिमालले बताइन् । खानेपानीको समस्या समाधान गर्ने गरी तत्काल काम हुनु पर्ने उनले बताइन् । बाढीले त्रिसुलीको पुल बगाएकोले नुवाकोटको पारी जाने सम्पर्क विच्छेद भएकोले पक्की पुल बनाउन ढिला हुने भएकोले तुरुन्त झोलुङ्गे पुल निर्माण गर्नु पर्ने उनले बताइन् । अहिले तत्काल तुइनको व्यवस्था गरिए पनि तुइन तर्न डराउनेकालागि समस्या भएको उनले बताइन् । 

बाढी आएको १५ दिन पछि नुवाकोटको ढुङ्गे बजार जाँदा बजारका त्रिशूली नदी किनारका घर नै बगायो । नदी किनार केही परका घर पनि प्रभावित भए । तस्बिरमा ढुंगेबजार । 

तस्बिरहरु : कृष्णमणि बराल