
भएको के थियो ?
जेठ ८, २०७८ को बिहान ११ बजे अस्मिता अर्यालले घाइते सारसको बारेमा के गर्ने होला भनेर इमेल गरिन्। उक्त घाइते सारसको अवस्था नाजुक थियो। स्थानीयले घाइते अवस्थामा एक दिनअघि मात्र उक्त सारस देखेका थिए।
‘यस्तो लकडाउनको बेलामा कसले उद्धार गर्ला र ?’ सबैलाई यस्तै लागेको थियो । उक्त चरा वास्तवमा भन्ने हो भने मृत्यु कुरेर बसेको जस्तो लागिरहेको थियो।
यसरी जानकारी भयो सबैलाई
रुपन्देही जिल्लाको सैनामैना-४, कुस्मा चोकदेखि २ सय मिटर दाहिनेतिर थियो त्यो सारस। ‘कसैले उद्धार वा उपचार गर्न पहल गर्नुहुन्छ कि ?’ भनेर ‘भ्वाइस अफ नेचर’ नामको वातावारणसंग सम्बन्धित फेसबुक समूहमा पोस्ट गरियो।
‘दाह्री ग्याङ’ मा पनि राखिएको सो खबरलाई बुस्ट तथा सम्बन्धित कार्यालय/व्यक्तिहरूलाई ट्याग गरियो।
सबैले जानकारीको लागि आशिष अर्याललाई फोन गर्न थाले। ‘वाइल्ड नेपाल’ समूहले पनि फेसबुक पेजमा अपडेट गरायो।
कस कसले प्रयास गरे
कोरोनाको कारणले भएको लकडाउनको कारणले यसको उद्धार त्यति सहज थिएन l सामाजिक सञ्जालमा बुस्ट र ट्याग धेरैले गरे । यो खबर पाउने बित्तिकै ‘लोभी पापी गरुड’ का अभियन्ता/अनुसन्धानकर्मी प्रशान्त घिमिरेले चिने जानेकालाई फोन गर्ने थाले। उद्धार गर्ने बेलासम्म उक्त सारसलाई जिउँदो राख्नु सबैभन्दा चुनौती थियो।
यतिखेर सम्म वन तथा वातावरण मन्त्रालयका उपसचिव (प्राविधिक) सञ्जय तिवारीले रुपन्देही डिभिजन वन कार्यालयमा जानकारी गराइसक्नु भएको थियो । अरूले पनि जानकारी गराइरहेका थिए।
लुम्बिनी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसीको पहलमा डिभिजन वन कार्यालयको ४ जनाको समूह सो सारसलाई उद्धार गर्न गएको थियो। सो टोलीको नेतृत्व राम निवास चौधरीले गरेका थिए। वन कार्यालयको समूह पुग्नु केही समयअघि सामाजिक अभियन्ता किरण तिवारी पनि उद्धारको लागि पुगिसकेका थिए।
अहिले कस्तो छ सारसको अवस्था ?
अत्यन्तै नाजुक अवस्थामा रहेको सो सारस अहिले डिभिजन वन कार्यालय, भैरहवामा राखिएको छ। पुच्छर काटिएको छ । दायाँ खुट्टाको घुँडाभन्दा मुनिको भाग छैन। दाहिने पखेटामा पनि चोट लागेको छ । यसको खुट्टाको कारणले प्राकृतिक वासस्थानमा फर्केर जानसक्ने अवस्था एकदमै न्यून छ।
रामनिवास चौधरीले भने ‘यसलाई पुन प्राकृतिक वासस्थानमा फर्कने गरी उपचार गर्छौं। भर्खर भेटनरीमा लगेका थियौं तर आज शनिबार भएकोले बन्द रहेछ। हामी अहिले नै निजीमा यसको उपचारको लागि लिएर जान्छौं,’ उनले थपे, ‘एउटा खुट्टा काटिएकोले उपचारमा निक्कै समस्या हुनेछ।’
अन्त्यमा
कोरोना भाइरसका कारणले सिर्जित यस्तो अफ्ठयारो अवस्थामा उद्धार गर्ने सबैलाई मुरी मुरी धन्यवाद। सामाजिक सञ्जालमा राखिएको फोन र स्ट्याटसमा अझै पनि मानिसहरूले चासो दिइरहेका छन्।
‘हामीले उद्धार गरिसक्यौं’ भनेर सो समूह मध्येका १ किरण तिवारीले सबैलाई जानकारी गराइरहेका छन्।
घाइते सारस उपचारको क्रममा बेलुकी ५ बजेतिर मरेको छ
(फोटोहरु : अस्मिता अर्याल, किरण तिवारी र डिभिजन वन कार्यालय रुपन्देही )






पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…