
अविरल वर्षाकाे समयमा रात्रिकालीन यात्रा जोखिम पूर्ण हुँदै अाएकाे छ । ठूलो वर्षा हुँदा कमजोर भू बनोट भएका पहाडी क्षेत्रमा कति बेला कहाँबाट पहिराे खस्छ थाहा नै नहुने हुँदा रात्रिकालीन यात्रा जाेखिमयुक्त देखिएकाे हाे ।
अविरल वर्षाकाे समयमा दिउँसै पनि यस्ता कमजाेर भूवनाेट भएका क्षाेत्रमा यात्रा गर्नु जोखिमपूर्ण हुँदै हो तर रात्रिकालीन यात्रा अझै जोखिम हो । रातिको समयमा ठूलो पानी पर्दा सडकका लामो दुरी सम्म वरपरको अवस्था कस्तो छ भन्ने ज्ञान नहुँदा अझै जोखिमपूर्ण हुने हो ।
यस्तै अवस्था गत शुक्रबार बिहान साढे ३ बजे बन्यो । अविरल वर्षाको समयमा रात्रिकालीन यात्रामा काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएका ११ जना गरी ३८ जना सवार बस सडकमाथिबाट अचानक आएको पहिरोले त्रिशूली नदीमा लगेर मिसायो ।
यस्तै गरी वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनकारी दिएको छ । दुई बसमा गरी ६५ जनामध्ये ३ जना हाम फालेर बाँचे । अहिलेसम्म उक्त पहिरो र दुर्घटनामा परी नदीमा फेला परेका पाँच जनाको सनाखत भएको छ । नारायणी नदीमा आइतबार थप चार वटा शव फेला परेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो । शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताएका छन् ।
यस अघि नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ । शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतालमा लेदो सहितको पहिरोले दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा पु¥याएको थियो । ६५ यात्रु रहेको दुई गाडीमध्ये ३ जना पौडिएर किनारामा निस्किएका थिए । अहिलेसम्म अन्य यात्रु र बसको अवस्था पत्ता लाग्न सकेको छैन ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …