
अविरल वर्षाका कारण कास्कीका छुट्टा छुट्टै तीन ठाउँमा गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । पोखरामा एकै घर परिवारका छोरी ज्वाइँ सहित ७ जनाको पहिरोले पुरिएर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।
पोखरा १९ पुरन्चौरमा एकै घरमा ६ जना र छिमेकी १ जना गरी ७ जनाको मृत्यु भएको हो । पोखरा १९ तल्लाकोट टारी बस्ने वर्ष ४६ का कुलबहादुर परियार सहित आमा ८५ वर्षीया लक्ष्मी परियार, पत्नी ४३ वर्षकी मनकुमारी परियार, १५ वर्षकी छोरी प्रशना परियार, २० वर्षकी छोरी प्रभा र ज्याइँ २५ वर्षीय अस्मित परियार खाना खाएर एकै ठाउँमा गफ गर्दै गर्दा आएको पहिरोले एकै ठाउँमा पुरेको थियो । उद्धार गर्दा पनि एकै ठाउँमा ६ जना मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
पहिरोको आवाज सुनेर घट्ना स्थल संगै जोडीएको घरबाट बाहिर निस्केर उद्धार गर्ने क्रममा छिमेकी एकै परिवारका सदस्य राधिका परियार लडी मृत्यु भएको प्रहरीले जनाएको छ । कुलबाहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल भएका छन् । मृतक राधिका परियारका छोरा वर्ष ३१ क कुमार परियारको बायाँ हातमा चोट लागेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षा पछि घट्ना भएको स्थल क्षेत्रको घरमाथी अघिल्लो दिननै सानो पहिरो खसेको स्थानीयले बताएका छन् । सानो पहिरो गएपछि र अविरल वर्षा भएपछि स्थानीयले जोखिम घर क्षेत्रमा नबस्न र अन्यत्र बस्न सुझाएका थिए । घरमाथि सानो पहिरो गएपछि केही अनिष्ट हुन्छ कि भन्ने त्रासका कारण केही त्यस्तो संकेत मिले जोगिने उपाय अपनाउने योजना अनुसार सचेत हुँदा हुँदै एक्कासि आएको पहिरोले पुरेको आफन्त कोपीला परियारले बताइन् ।
यसै गरी पोखरा ३२ चैनपुर स्थित आरती ओझाको घरमाथिबाट आएको पहिरोले घर पुरिदा आरतीकी छोरी वर्ष १८ की अनिता, अर्की छोरी वर्ष ११ की अनुस्का र अनिताका दाइको छोरा वर्ष ९ का प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै गरी अविरल वर्षाको कारण कास्कीको मादी गाउँपालिका वडा नम्मर ११ तल्ला ताप्लेमा पहिरो जाँदा वर्ष ८० की माइती कुमारी गुरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…