समाचार

लाटोकोसेरा र नेपाल चरा संरक्षण उत्सव वन्यजन्तु संरक्षणकै लागि ऐतिहासिक

पृथ्वीमा करोडौँ जीव छन् । ती सबै आफ्नो अस्थित्व कायम गर्न सङ्घर्षरत छन् । मानिस पृथ्वीको एउटा यस्तो प्राणी हो जसले आफू बाँच्न धेरै जीवहरूको विनाश गर्दै आएको छ । मानिसका व्यवहारका कारण पृथ्वीबाट कति जीवहरू हराए होलान् भन्ने अनुमान पनि लगाउन सकिँदैन । मान्छेका व्यवहारका कारण पानीका स्रोतहरू सुक्दै, फोहर हुँदै गएका छन् । सजीव प्राणीकालागि सबैभन्दा पहिला आवश्यक पर्ने पानी मात्र होइन शुद्ध हावा, तापक्रम सबैमा मानिसका व्यवहारका कारण बढोत्तरी हुँदै गएको विभिन्न वैज्ञानिकहरूले अध्ययनबाट पत्ता लगाएका छन् । यसको… पुरा पढौ

पर्वतमा ११ औं लाटोकोसेरो संरक्षण उत्सव (फोटो फिचर)

पर्वतको जलजला गाउँपालिकाको लकेफाँटमा लाटोकोसेरो संरक्षण उत्सव गरिएको छ । मुसा लगायत अन्नबालीमा क्षति पुर्‍याउने जीवहरूलाई आहारा बनाएर अन्नबाली जोगाउने र पर्यावरण सन्तुलन राख्न लाटोकोसेरोले योगदान दिने गर्दछन् ।  मानिसहरूले विभिन्नतवरले यसको अवैध चोरी सिकारी गरिरहेका छन् ।  लाटोकोसेरो तथा हुचीलको अवैध चोरी  सिकारी गरेर विदेशमा समेत निर्यात हुने गरी व्यापार बढेपछि संरक्षणमा स्थानीय समुदायलाई लाग्न प्रेरणा दिन उद्देश्यले उत्सव हुँदै आएको आयोजक संस्थाका निर्देशक राजु आचार्यले बताए । माघ १९ र २० गते पर्वतको जलजला गाउँपालिका स्थित २३ सय… पुरा पढौ

बाँदर नियन्त्रणकालागि रुख कटान समाधान होइन संरक्षण विद्

कृष्णमणि बराल पोखरा : पोखरा १९ वडाले बाँदर नियन्त्रणकालागि ‘मेरो रुख म काट्छु’ अभियान सुरु भएपछि सामाजिक संञ्जालमा चर्को विरोध भएको छ । संरक्षण कमीैले पनि वडा कार्यालयको निर्णय गलत भएको बताएका छन् । बाँदरहरू मानवको नजिकको प्राणी भएकोले निकै स्मार्ट हुने भएकोले रुख कटान गरेर, बन्दुक पड्काएर तर्साएर समाधान ननिस्कने संरक्षण विद्ध डा हुमबहादुर गुरुङले बताए । बाँदर नियन्त्रणकालागि वनमा आहारा प्रशस्त उपलब्ध गराउने गरी बाँदरलाई मन पर्ने फलफूल, रुखहरू रोप्नु पर्ने उनले सुझाए । सामाजिक सञ्जालमा व्यापक विरोध हुनुको साथै… पुरा पढौ

रुस-युक्रेन युद्धमा मारिएका हरिप्रसादको कुशको शव बनाएर दाहसंस्कार

कृष्णमणि बराल स्याङ्जा : स्याङ्जा वालिङ नगरपालिका १४ मान्खुका २३ वर्षीय हरिप्रसाद अर्याल रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा परेर कहिल्यौ नफर्कने गरी अस्थाए। भाइको त्यस्तो खबर सुनेदेखि भाइलाई सम्झंदा शरीर नै जिरिङ जिरिङ हुने गरेको भावुक हुँदै राजुले भने।  १२ कक्षा उत्तीर्ण भएपछि हरिप्रसाद नेपाली सेनामा भर्ती भएका थिए। नेपाली सेनामा ३ वर्षदेखि खाँदै आएको जागिर छाडेका हरिप्रसाद राम्रो तलब पाउने देशमा गएर प्रहरीमा काम गर्न चान्थे।  त्यही महत्वकांक्षाले उनी हुँदाखाँदाको जागिर छाडेका थिए। निम्न मध्यम वर्गाीय परिवारका तीन दाजु भाहरुमा… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा जनचेतना जगाउन उत्सव

पोखरा : देश भर बिभिन्न व्यापारिक महोत्सव भइरहेको अवस्थामा चरा संरक्षणकालागि पर्वतमा संरक्षण उत्सव हुने भएको छ । लाटोकोसेरो तथा हुचील संरक्षणमा जनचेताना जगाउन पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट लोप्रेमा माघ १९ गते देखि दुई दिने उत्सव हुने भएको छ । लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ पर्वतमा ११ औं संस्करणको, ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८०’ हुन लागेको हो ।संरक्षण उत्सव लोप्रे स्थित मालीका आधारभुत विधालयमा हुने छ । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरु… पुरा पढौ

बाघ संरक्षणमा चुनौती : पासोमा परेको अवस्थामा मृत भेटियो पाटे बाघ

टीकारपुर :अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ । कैलालीको जानकी गाउँपालिका  स्थित अमरावती सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको हो । आइतबार पासोमा परेको अवस्थामा बाघ मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सामुदायिक वन भित्र थापेको काँडेतारको पासोमा परेर मरेको अवस्थामा बाघ भेटिएको डिभिजन वन कार्यालय लम्कीले जनाएको छ । मृत भेटिएको झण्डै १७/१८ वर्ष उमेरको पोथी पाटेबाघ रहेको बताइएको छ । घट्नाको प्रकृति हेर्दा केही दिन अघि देखि नै काँडेतारको पासो बाघको… पुरा पढौ

5 Flirting Tips For Quiet Individuals

Chatting is a fantastic way to express your admiration for one. However, shy people may find flirting challenging because it necessitates self-assurance and cheerful system vocabulary, which they might conflict to display. Luckily, with some training and the right approach https://tpwd.texas.gov/state-parks/enchanted-rock, shy people can learn to mingle in a natural and enjoyable way.1. Tear the touch hurdleShy guys might be nervous around you and react with a slight stutter or a deer-in-the-headlight look. Being placed on the spot meet a… पुरा पढौ

पोखरामा कृषि जैविक विविधता मेला

पोखरा : पोखरमा कृषि जैविक विविधता मेला भएको छ । ऐतिहासिक ढुँङ्गेसाँघु मेलाको अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी गरिएको हो । पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा भएको प्रदर्शनीमा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता भएको हो । मेलामा माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधता सम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका विउबिजनहरु… पुरा पढौ

जङ्गली बँदेलको आक्रमण : एकको मृत्यु

जङ्गली बँदेलको आक्रमणमा परेर डोटीमा एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट मंगलबार मृत्यु भएको हो । बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको डिजिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत तथा सूचना अधिकारी लक्ष्मी राज जोशीले बताए । मंगलबार बिहान घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुली र स्थानीय भगी भुल घाइते भएका थिए । भुलको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । बँदेलको आक्रमणमा परेका… पुरा पढौ

यती एयर विमान दुर्घटनाको एक वर्ष : मृतकका आफन्तको उस्तै छ पिढा

यती एयरको विमान दुर्घटना भएको १ वर्ष पुगेको छ । गत वर्ष माघ १ गते पोखराको सेती नदी किनारमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा पोखरा महानगरपालिकाले दुर्घटना स्थलमा शोकसभाको आयोजना गरेको छ । दुर्घटना स्थल सेती नदी किनारमा स्मृति स्तम्भ निर्माण गरेर महानगरपालिकाले शोकसभाको आयोजना गरेको हो । शोकसभामा सहभागी हुन पुगेका मृतकका आफन्त स्मृति स्तम्भ अघि भक्कानिएका थिए । दुर्घटनाको सम्भावित कारण मानवीय त्रुटि हुन सक्ने दुर्घटना जाँच गर्न गठित आयोगले जनाएको छ ।… पुरा पढौ