
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान ) पोखराको आयोजनामा पोखरामा पाँच दिने एडभान्स बेकरी तालिम दिइएको छ । पोखराका विभिन्न होटल तथा रेस्टुराँमा कार्यरत रेस्टुरेन्टका कुकहरूलाई बेकरी तालिम प्रदान गरिएको हो ।
दक्ष जनशक्ति उत्पादनकालागि पम्प नेदरल्याण्ड र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजको सहयोगमा भएको तालिममा विभिन्न रेस्टुरेन्टमा कार्यरत २० जनाको सहभागिता रहेको आयोजकले बताएका छन् । तालिमको समापन समारोहमा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष अशोक पालिखेले तालिम लिएका प्रशिक्षार्थीले स्वदेशमै बसेर राम्रो उत्पादन दिन सुझाए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र त्यसलाई सार्थकता दिन खानाको गुणस्तरमा ध्यान दिन पनि उनले सुझाए । त्यसका लागि निरन्तर तालिम आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा पम्प इन्टिरनेश्नलका प्रशिक्षक बुटले गुणस्तरीय उत्पादनको लागि तालिम सार्थक हुने विश्वास गरे । कार्यक्रममा प्रशिक्षार्थी ताराप्रसाद श्रेष्ठ र सृजना अधिकारीले पाएको तालिमबाट अझ उत्कृष्ट बेकरी उत्पादन गर्न सकिने बताए । तालिमबाट प्राप्त ज्ञान नेपाल घुम्न आउने विदेशी र स्वदेशी पर्यटकलाई गुणस्तरीय खाना पस्कन सक्ने वातावरण बनेको पनि उनीहरूले बताए ।
कार्यक्रममा रेवान पोखराका निर्वतमान अध्यक्ष लक्ष्मण बराल, तालिम संयोजक वसन्त गौतम लगायतले तालिमले उत्कृष्ट खान पस्कन सहयोगी हुने बताए । दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यस्ता तालिमलाई निरन्तरता दिने आयोजक रेवानले बताएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…