
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले चिन्ता बढाएको छ । जहाज उडान भर्नु अघि उडान भर्न योग्य छ कि छैन भन्ने अध्ययन गर्ने विज्ञ टोली सहित सवार जहाज यस्तो अवस्थामा दुर्घटनामा पर्नुले नेपालको हवाई यात्रा कति सुरक्षित छ भन्ने नयाँ बहस र चिन्ता थपिएको छ । पोखरामा विमान दुर्घटना भएको डेढ वर्ष नबित्दै भएको अर्को दुःखद घटनाले थप चिन्ता थपिएको हो ।
यो घट्नाले नेपालको हवाई सुरक्षाको विषयमा अन्तर्राष्ट्रिय समुदायले कसरी मूल्याङ्कन गर्ने हो भन्ने अर्को चिन्ता बढेको छ । सौर्य एयरलाइन्सको जहाज बुधकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भर्ने क्रममा धावनमार्ग छाड्नासाथ भयानक दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन मनिष शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको छ । शाक्यलाइ जीवितै उद्धार गरी अस्पताल लगिएको थियो ।
विज्ञ टोलीले जहाज उड्न अनुमति दिइसकेपछि उडान भरेको जहाज कसरी दुर्घटनामा प¥यो भन्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो । उडान सुरक्षित छ भनेर उडान अनुमति दिने मात्र होइन आफै यात्रा गरेको जहाज दुर्घटनामा पर्नुलाई सहज रुपमा लिन सकिदैन । यस घट्नामा प्राविधिक कहाँ चुके भन्ने प्रमुख प्रश्न हो । अर्को प्रश्न के उठ्छ भने, यदि नियमित वा चार्टर उडान थिएन भने त्यस्तो जहाजमा चालक दल, पाइलट र कोपाइलन तथा प्राविधिक बाहेक त्यति धेरै व्यक्ति किन चढेका थिए ?
अझै प्रश्न उठ्छ । सी चेकमा जान लागेको जहाजमा प्राविधिक बाहेक असम्बन्धित व्यक्ति किन चढे त भन्ने अर्को प्रश्न हो । उड्डयन नियम अनुसार मर्मत गर्न जाने जहाजमा प्राविधिक व्यक्तिबाहेक अरु कोही पनि सवार हुन पाउँदैन । एयरलाइन्सले जहाज कम्प्लिट चेक अर्थात् पूर्ण मर्मत गर्न पोखरा जाँदै थियो । सौर्य एयरलाइन्सले असम्बन्धित व्यक्ति जहाजमा राखेर गल्ती गरेको विज्ञले बताएका छन् । उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सौर्यको गल्तीलाई नदेखे झै गरिदिँदा यति ठूलो मानवीय क्षति हुन पुगेको हो । उड्डयन विज्ञहरूले अनुसार मर्मत गर्न लगिने जहाजमा को को जाँदै छन् भनेर नियामकले एकपल्ट चेक चाहिँ गर्नुपर्थ्यो । तर नियामकले ध्यान नदिँदा भयानक दुर्घटना हुन पुग्यो । ध्यान दिएको भए पनि दुर्घटना टर्थेन, तर यति ठूलो मानवीय क्षति हुने थिएन ।
जहाजलाई मर्मत गर्ने ठाउँसम्म उडाएर लैजानुलाई फेरी फ्लाइट भनिन्छ । यस्तो उडानमा जहाज उडाउने क्याप्टेने र कोपाइलट, चालकदल तथा आवश्यक प्राविधिक कर्मचारी, इन्जिनियर र दुई तीन जनाबाहेक अरु यात्रु राख्नै पाइँदैन । प्राधिकरणका अनुसार सौर्यको यो जहाजमा कुनै प्राविधिक समस्या थिएन । जहाजको उडान गर्ने समय १ सय १९ घण्टा बाँकी थियो । सौर्यको यो जहाज बुधबार बिहान पोखरा जाने र मर्मतका लागि एक महिना उतै बस्ने तालिका थियो ।
तस्बिर अनलाइन खवरबाट लिइएको हो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…