
पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैधरुपमा निगालोका टुसा संकलन गरी चोरी निकासी गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी चालक र टुसा ल्याउनेलाई प्रहरीले पक्राउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा बुझाएको छ ।
घाचोक कास्की प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले माछापुच्छ्रे गाउँपालिका ४ लम्सालथरमा ग ३ च ४५४० नम्बरको बोलेरो जीप चेकजाँच गर्ने क्रममा अवैधरुपमा संकलन गरेर ल्याएको निगालोका टुसा फेला परेपछि सवारी साधन नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
जीप संगै कास्कीको माछापुच्छ्रे« गाउँपालिका १ बस्ने जीप चालक खिमबहादुर पुन र टुसा ल्याउने माछापुच्छ्रे« २ का रामजी भण्डारी समेतलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाही लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ । संरक्षण क्षेत्रमा अवैधरुपमा निगालोको टुसा चोरी निकासी हुन थालेपछि अन्नपूर्ण संरक्षण आयोजनाले यसै साता सूचना जारी गरी अनुमति नै नदिएको समयमा संरक्षण क्षेत्रबाट निगालोको टुसा अवैधरुपमा संकलन भएको र यसो गर्नेलाई कानुनी कारबाही हुने भन्दै त्यसो नगर्न सूचना जारी गरेको थियो ।
संरक्षण क्षेत्रमा निगालोको टुसा र बाँसको तामा संकलन तथा ओसारपसार गर्ने अनुमति साउन ५ गते पछि मात्र हुने भएकोले त्यस अघि टुसाको संकलन तथा ओसारपसार गरे संकलनकर्ता तथा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही हुने अन्नपूर्ण संरक्षण क्षेत्रका आयोजना प्रमुख डा रविन कडरियाले बताए । तोकिएको समयमा मात्र वातावरण मैत्री टुसा संकलन गरी निगालो र बाँसको दिगो व्यवस्थापन तथा संरक्षण गर्न सहयोगी हुन आयोजनाले अनुरोध गरेको थियो ।
निगालो वन्यजन्तु भालु र रेड पान्डाको आहारा
निगालो स्थानीय दैनिक जीविका संग जोडिएको मात्र होइन वन्यजन्तु भालु र रेड पान्डा लगायतका वन्यजन्तुको पनि आहारा भएकोले संरक्षणमा आयोजनले जोड दिएको छ । यसैले आयोजनाले छोटो समयकालागि मात्र टुसा संकलन गर्न अनुमति दिँदै आएको जनाएको छ ।
आयोजनाले साउन ६ गते देखि भदौ २५ गते सम्म छोटो समयकालागि टुसा संकलन गर्न अनुमति दिने बताएको छ । त्यस अघि टुसा हुँकर्न दिने नीति अनुसार अवैधरुपमा टुसा संकलन गर्नेलाई कानुन अनुसार नियन्त्रणमा लिई कारबाही गरिने आयोजनाले जनाएको छ । टुसा जति बेला पनि संकलन गर्न दिँदा निगालोको झ््याँङ नै मासिने भएकोले केही समयकालागि मात्र आयोजनले पहिले देखि नै संकलन गर्न अनुमति दिने गरेको बताइएको छ ।
निगालोबाट चोया बनाइन्छ । चोयाबाट भकारी, मान्द्रो, डोको, नाम्लो लगायतका सामाग्री बनाइन्छ । यसैले निगालो स्थानीय जीविका संग जोडिएको छ । पछिल्लो समयमा घर वरपर पाइने वातावरण मैत्री चोयाका डोको नाम्लो, भकारीको विकल्पमा प्लास्टिक जन्य सामाग्रीको प्रयोग ह्वात्तै बढेको छ । यस्ता प्लास्टिक जन्य सामाग्रीको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदूषण बढेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…