
नारायणगढ–मुग्लिन सडकखण्डस्थित भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म भेटिएको छैन।
शुक्रबार बिहान खसेकाे बस बिहीबार साँझ सम्म नभेटिएकाे हाे । सशस्त्र प्रहरीका अनुसार, अहिलेसम्म गाडीको झ्यालको पर्दा र करिब १० वर्षका बच्चाको ट्र्याक सुट फेला परेको छ। उक्त गाडीको पर्दा एन्जल बसेको रहेको प्रहरीले जनाएको छ। उक्त बस सोही पर्दा र ट्र्याक सुट फेला परेकै लोकेसनमा हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
यद्यपि, यसबारे थप प्रमाणीकरण भोलि (शनिबार) मात्रै हुनेछ। पर्साको रंगपुरबाकाठमाडौँबाट गौर जाँदै गरेकोट खुल्ने एञ्जल डिलक्स प्रा।लि।को बस नं। प्र०३००६ ख १५१६ र प्रदेश०३–७०१ २४९५ नम्बरको गणपति डिलक्सको गाडी त्रिशूलीमा खसेको थियो। दुवै बसमा गरेर ५७ बढी मानिसहरू बेपत्ता भएको प्रारम्भिक अनुमान छ ।