
वर्षा माैसम चलिरहेको छ । किसान धान रोप्ने चटारोमा छन् । देशमा सबै ठाउँमा सिचाइँको सुविधा छैन । यसैले पानी परोस् र भल पानी छोपेर खेत रोप्न पाइएला भन्ने किसानको चाहाना छ । पानी परोस् भन्ने चाहाना सँगै बाढी पहिरो गएर बस्ती नै सखाप पार्ने हो कि भन्ने अर्को चिन्ता पनि सँग सँगै छ ।
ठूलो वर्षा हुने क्रम सुरु भए सँगै विभिन्न जिल्लाबाट बाढी, पहिरो, चट्याङ्गले धनजनको क्षति भएका समाचार आइरहेका छन् । पछिल्लो घटना गुल्मीमा पहिरोले घर परिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पुर्दा भेषबहादुर, उनकी श्रीमती, जेठी बुहारी र दुई नातिनीको मृत्यु भएको स्थानीय प्रहरीले बताएका छन् । मृतक भेषबहादुरका तीन छोरा रोजगारकालागि भारतमा रहेका छन् ।
रोजगारका क्रममा भारतमा रहेका बेला यता उनीहरूका घरपरिवार नै पहिरोले लगेको छ । पहिरोका कारण भारतमा रहेका जेठा छोरा विमलले श्रीमती र दुई छोरी गुमाएका छन् । रोजगारको सिलसिलामा तीन छोरा र एक बुहारी भारतमा रहेका बेला भेषबहादुरका पाँच जनाकाको परिवार पहिरोमा परि ज्यान गएको हो । पहिरोमा घर पुर्दा घरमा रहेका ५५ वर्षीय भेषबहादुर, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, २६ वर्षीया बुहारी सीता विक, नातिनी आठ वर्षीया सपना र ८ महिनाकी बिपना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सरकारले कुन ठाउँमा बस्ती बसाल्न उपयुक्त छ, कुन ठाउँमा बस्ती बस्न योग्य छ भन्ने अध्ययन गरेर त्यसै अनुसार बस्ती, बसाल्ने, कृषि, उद्योग, व्यापारिक क्षेत्र बनाउनु पर्नेमा प्रजातन्त्र आएको ३४ वर्षमा पनि वैज्ञानिक रुपमा सहर, गाउँको विकास गर्ने तर्फ अहिले सम्म कुनै योजना नबन्दा प्राकृतिक रुपमा कमजोर स्थानमा रहेका बस्ती जोखिममा पर्दे गएका हुन् । वैज्ञानिक भू उपयोग नीतिको अभावमा देश भर नै यो समस्या हुँदै आएको विज्ञहरू बताउँछन् । वर्षाको समयमा तराई डुबानमा पर्ने, पहाड र पछिल्लो समयमा हिमाली क्षेत्रमा पनि बाढी पहिरोले बस्ती नै जोखिममा पर्दै गएको छ ।
पानी नै नपर्ने भनिएका (स्याडो रेन जोन) हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा पनि ठूलो वर्षा भएर पहिरो जान थालेको छ । गत वर्ष मुस्ताङको कागबेनी बजार भएर बग्ने खोलामा वर्षा सँगै बाढी आउँदा कागबेनी बजार नै वितण्डा मच्चायो । मनाङ जिल्लाको चामेमा पनि कागबेनीकै जस्तै समस्या दुई वर्ष अघि भएको थियो । यसले देशका हिमाल, पहाड र तराई सबै क्षेत्र जोखिममा रहेको देखिन्छ । तर सरकारले यस्तो जोखिबाट जोगिन जमिनको अवस्था अनुसार कहाँ बस्ती बसाल्ने भन्ने योजना नै नहुँदा प्रत्येक वर्षको वर्षा याममा जोखिम बढ्दै गएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…