
पोखरा महानगरपालिकाले २०८१÷०८२ को बजेटमा फेवाताल र सिमसार क्षेत्र संरक्षण गर्न बजेट छुट्ट्याएको छ । पाेखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले साेमबार बजेट प्रस्तुत गर्दै फेवाताल र सिमसार क्षेत्र संरक्षण गर्न बजेट छुट्ट्याएको बताइन् ।
फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणको काम शुरु गर्न २ करोड छुट्ट्याइएको सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार प्रस्ताव गरेको छ ।
पोखरा महानगरको १५ औँ नगर सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट पेश गर्दै संघीय सरकार अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार व्यहोरिने बताएकी छन् । त्यसै गरी संघीय राजश्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार व्यहोरिने छ भने प्रदेश राजश्व बाँडफाँट ९ करोड ७२ लाख २० हजार व्यहोरिने छ । स्थानीय राजस्व बाँडफाँटबाट रु १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
नगर विकास कोष ऋण ४ करोड ४८ लाख ८० हजार व्यहोरिने अनुमान छ। प्रस्तुत बजेट अन्तर्गत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु। १ अर्ब ६५ करोड, स्वास्थ्यमा रु ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि कुल ५६ करोड, सामाजिक विकास अन्तर्गत लक्षित वर्ग तर्फ कुल ६ करोड र संस्थागत विकास तर्फ २ करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताएकी छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…