
वर्षा मौसम सुरु संगै अहिले वन, पाखा, बारी, कान्लामा जंङ्गली च्याउ उम्रेका छन् । यसरी उम्रेका च्याउ खान योग्य मात्र हुँदैनन् । धेरै प्रजातीका च्याउ विष बराबर हुन्छन् । खान हुने र खान नहुने च्याउ छुट्याँउन नसक्दा धेरैको ज्यान जाने गरेको छ ।
खान हुने र नहुने छुट्याउन नसक्दा विशाक्त च्याउ खाएर वर्षेनी धेरैको ज्यानै जाने गरेकाे हाे । यस वर्ष पनि यस्ता घटना सुरु हुन थालेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको शुक्रबार मृत्यु भएको छ। आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेको अवस्थामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।
अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए।
वर्षा मौसममा वन,जङ्गल, पाखा, बारीमा उम्रने च्या खान योग्य हो वा होइन विश्वस्त नभइ खाँदा यस्तो समस्या आउने गरेको कृषि विज्ञले बताएका छन् । विशाक्त च्याउ खाएर ज्यानै जाने अवस्था आउन नदिन सबैले च्याउ खान योग्य हो होइन विज्ञ संग नसोधी आफू खुसी खाने बानी त्याग्नु पर्ने र सानो गल्तीले ज्यानै जाने अवस्था आउन नदिन सबै सचेत हुन विज्ञहरुले सुझाएका छन् ।

च्या खान हुने र नहुने उस्तै देखिने भएकोले धेरै झुक्निे गर्दछन् । कुन विषालु हो र कुन होइन भनेर मानिसलाई छुट्याउन कठिन हुने गर्दछ । कुन च्याउ विषाक्त हो भनेर पहिचान गर्न नसक्दा समस्या देखिने गरेको हो । विषालु च्याउ खाँदा बान्ता हुने, रक्तचाप बघट्ने, पिसाब कमी भएर मिर्गौलाले काम नगर्ने, जण्डिस देखिने, मुटुकाु धड्कन कम हुने जस्ता लक्षण देखिने गर्दछ । यस्ता समस्या देखि तुरन्त अस्पताल जानु पर्ने चिकित्सकले बताएका छन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …